• होमपेज
  • गोरक्ष निखिल बचत तथा ऋण सहकारी संस्थाको १६ औँ साधारणसभा तथा छैटौ अधिवेसन सम्पन्न
अर्थ खबर

गोरक्ष निखिल बचत तथा ऋण सहकारी संस्थाको १६ औँ साधारणसभा तथा छैटौ अधिवेसन सम्पन्न

पोखरा । पोखरामा रहेको गोरक्ष निखिल बचत तथा ऋण सहकारी संस्था लि.को १६ औँ बार्षिक साधारणसभा तथा छैटौ अधिवेसन बिहीवार सम्पन्न भएको छ । अधिबेशनले अध्यक्ष तारानाथ शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थाका अध्यक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष डोलराज पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सहकारीका सात सिद्धान्त सञ्चालक समिति सदस्य रिता लम्सालले वाचन गर्नुभयो । साधारणसभामा शेयर सदस्य योगेन्द्र बहादुर के.सी, कृष्ण प्रसाद बराल, नारायण शर्मा, विशिष्ठ अतिथि डाः सरोज पोखरेल, प्रमुख अथिति दिपक प्रकाश आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।उक्त कार्यक्रम संस्थाका सचिव जुम बहादुर गुरुङले संचालन गर्नुभएको थियो  ।

विज्ञापन

सोही अवसरमा मेडीप्लस हस्पिटल एण्ड ट्रामा सेन्टर प्रा.लि ले बृहत स्वास्थ्य सिबिर सञ्चालन गरेको थियो । नारायण शर्मा संयोजकको निर्वाचन समितिले सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति निबिरोध निर्वाचित गरेको छ । नवनिर्वाचित समितिका उपाध्यक्ष जुम बहादुर गुरुङ, सचिव रिता लम्साल, कोषाध्यक्ष रामराज सुबेदी, सदस्य गिता सुबेदी ढकाल, झवेन्द्रलाल अधिकारी, डिम बहादुर के.सी, गोबिन्द रेग्मी, अप्सरा सुबेदी र लेखा–सुपरिवेक्षण समिति संयोजकमा विश्वप्रेम ढकाल, सदस्यमा विष्णुदत्त मिश्र, र जमुना भुजेल निबिरोध निर्वाचित हुनुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै