• होमपेज
  • ठुलीपोखरीबाट पोखरा एसि गाडी सरर, भाडादर ४ सय
अर्थ/वाणिज्य

ठुलीपोखरीबाट पोखरा एसि गाडी सरर, भाडादर ४ सय

पर्वत । पर्वतको कुश्मा नगरपालिका १२ ठुलीपोखरीबाट पोखरासम्म चल्नेगरी विद्युतीय गाडी संचालनमा आएको छ । ठुलीपोखरीदेखि पोखरासम्मको भाडा दर ४ सय रुपियाँ रहेको (बातानुकुलित) एसी गाडी १६ सिट क्षमताको रहेको छ ।

यस अघि सोही रुटमा चल्ने गाडीको भाडादर ५ सय रहेको थियो । विद्युतीय गाडी चलेपछि यात्रुहरुलाई सस्तो र सहज भएको छ । सानो गाडी र डिलक्स सुबिधाको भएकाले बिरामी तथा अशक्तलाई समेत सहज हुने बताइएको छ ।

विज्ञापन

उक्त गाडी बिहान ७.३० बजे ठुलीपोखरी र दिउँसो २.३०बजे पोखराबाट छुट्ने गाडी संंचालनक सुरेेश सुरेश क्षेत्रीले बताए  ।  यो गाडी संचालनमा आएपछि पकुवा, ठुलीपोखरी, खौला,कार्किनेटा लगायतका यात्रुलाई सहज हुने छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै