पर्वत– पर्वत सदरमुकाम कुश्माबजारको बञ्जि साईडमा रहेको रक गार्डेन होटल एण्ड रेष्टुरेन्ट नयाँ व्यवस्थापनका साथ संचालनमा आएको छ ।
केहि समय सुसुप्त अवस्थामा रहेको रेष्टुरेन्टलाई आज मंगलवारदेखि नयाँ डेकोरेशन र व्यवस्थापनसहित संचालनमा ल्याईएको हो । न्यू रक गार्डेन रेष्टुरेण्टको आज विहान कुश्मा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष रामहरी शर्मा चापागाईले उद्घाटन गर्नुभएको छ । रेष्टुरेन्ट उद्घाटन गर्दै वडाध्यक्ष शर्माले व्यावसायिक सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
विज्ञापन
पर्यटकीय गन्तव्यको रुपमा विकास भएको बञ्जि साईडमा नयाँ व्यवस्थापन र नयाँ डेकोरेशनमा व्यावसाय संचालन भएको भन्दै यस क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने बताउनुभयो । सफल निर्माण व्यावसायि पर्वतको मोदी गाउँपालिका वडा नं. ४ हलहलेका युवा बुद्ध पुनले पुर्ननिर्माण सहित रेष्टुरेण्ट संचालन गर्नुभएको हो ।
तीस लाख रुपैया भन्दा बढिको लागतमा रेष्टुरेण्ट पुर्ननिर्माण सहित केहि भौतिक पुर्नसंरचना परिवर्तन गरिएको छ । रेष्टुरेण्टमा सवै किसिमका खाजा, खाना, पेय पदार्थ उपलव्ध रहेका छन् । मनोरम र पारिबारीक वातावरणमा बसेर इच्छाअनुसारको खानेकुरा खाँदै रमाउन पाईने संचालक पुनको भनाई छ ।
पर्वतकै ग्रमीण क्षेत्रमा उत्पादित अर्गानिक खाद्यान्न, सागसब्जि, माछा मासु, स्थानीय जातका कुखुरा र खसीबोकाका परिकारहरु नियमित रुपमा उपब्ध गराईने भएको छ । विश्वकै दोस्रो बञ्जीजम्प भन्दा दुई सय मिटर वर रहेको रेष्टुरेन्टवाट कालीगण्डकी नदिको अवलोकनसँगै बञ्जि, जीपलाईन, यान्त्रिक पुल लगायतको प्रत्यक्ष दृश्यावलोकन गर्न सकिन्छ ।
रेष्टुरेण्टको संचालनसँगै लामो समयदेखि बन्द रहेको पिङ समेत संचालनमा ल्याउने तयारी भएको संचालक बुद्ध पुनले जानकारी दिनुभयो । पुनले रेष्टुरेण्टवाट होम डेलिभरीको सुविधा समेत दिईने भएको छ । आजदेखि संचालनमा आएको रेष्टुरेन्टलाई ग्राहकहरुको माग र चाहना अनुसार परिमार्जित लगिँदै जाने र कुश्माको पहिचानयुक्त रेष्टुरेन्टको रुपमा विकास गर्ने योजना संचालक पुनले बनाउनुभएको छ । यो रेष्टुरेन्ट आजभन्दा झण्डै एक दशक अघिदेखि संचालनमा आएको थियो ।
फेसबुक प्रतिक्रियाहरु