• होमपेज
  • जलवायू परिर्वतन सम्बन्धि जनचेतना जगाउँदै विहादी गाउँपालिका
गण्डकी प्रदेश

जलवायू परिर्वतन सम्बन्धि जनचेतना जगाउँदै विहादी गाउँपालिका

पर्वत । गतबर्षहरुको तुलनामा यस बर्ष ढडेलोले वन विनास भएपछि जिल्लाको विहादी गाउँपािलकाले जनचेतना अभिबृद्धि सम्बन्धि कार्यक्रमको शुरुवात गरेको छ । गाउँपालिका भित्रका सामुदायिक वन समूहका उपभोक्ता समितिका पदाधिकारीहरु मार्फत गाउँपालिकाले जनचेतना अभिबृद्धि सम्बन्धि कार्यक्रमको शुरुवात गरेको हो ।

वन, वातावरण तथा जलवायू परिर्वतन सम्बन्धि तालिम मार्फत गाउँपालिकाले सामुदायिक वनका पदाधिकारीहरुलाई जनचतेना अभिबृद्धि गर्न लागेको हो । शुक्रबार विहादीको रानीपानीमा गाउँपालिका स्तरीय २ दिने तालिम कार्यक्रमको उद्घाटन गर्दै विहादी गाउँपालिकाका अध्यक्ष प्रविन गुरुङले डढेलो नियन्त्रण गर्ने जिम्मेवार निकायको अभाव रहेको बताए । उनले वन कानून विदेशी नीति बमोजिम भएका कारण पनि नेपाली जनताले वनको उपभोग गर्न नपाएको बताए ।

विज्ञापन

अध्यक्ष गुरुङले कतिपय सामुदायिक वनमा उपभोक्ता समितिको निर्वाचन आवधिक रुपमा नहुँदा वन समूहहरु समेत सिथिल बनिरहेको बताए । उनले नेतृत्व हस्तान्तरणसंगै वन समूहहरु सक्रिय हुँदा ढडेलो नियन्त्रण, जंगलको उपभोग र स्याहारमा थप सहजता आउने विश्वास दिलाए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिना तिवारीले सामुदायिक वन समूहहरुका गतिविधिहरुमा सुस्तता आउँदा वनसंरक्षण र ब्यवस्थापनमा समस्या परेको उल्लेख गरिन । उपाध्यक्ष तिवारीले सामुदायिक वन समूहहरु मार्फत जंगल संरक्षणको नीतिलाई गाउँपालिकाले आगामी दिनमा थप ब्यवस्थित गर्दै लैजाने बताईन ।

कार्यक्रममा वडा न ४ का वडाअध्यक्ष विष्णु भुषालले वन समूहहरुलाई सक्रिय बनाउन वडाहरुले पनि पहल गर्नपर्ने धारणा राखेका थिए । तालिम कार्यक्रम शुभ सन्देश मिडिया प्रा.लिले २ दिनसम्म सञ्चालन गर्नेछ । गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको उक्त तालिम कार्यक्रममा डिभिजन वन कार्यालयका अधिकृतहरु रामबहादुर विक, हेमलाल न्यौपाने, सामुदायिक वन उपभोक्ता महासंघ पर्वतका पूर्व सचिव गणेश पौडेलले प्रशिक्षण दिनेछन् ।

शुभ सन्देश मिडिया प्रालिका कार्यकारी निर्देशक छविलाल तिवारीको अध्यक्षतामा भएको तालिम कार्यक्रमको सञ्चालन जि एण्ड जि मिडिया प्रालिका प्रवन्ध निर्देशक गणेश गिरीले गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै