• होमपेज
  • २२ दिनमा ६ पटक शक्तिशाली भूकम्पको धक्का
कर्णाली प्रदेश

२२ दिनमा ६ पटक शक्तिशाली भूकम्पको धक्का

डोटी । नेपालमा पछिल्लो २२ दिनमा ६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । यही कात्तिक २ गतेदेखि २३ गतेसम्म ६ पटक भूकम्पले धक्का दिएको हो ।

भूकम्प मापन केन्द्रका अनुसार चार रेक्टर स्केलभन्दा माथिका ६ पटकसम्म भूकम्प गएको हो । कात्तिक २ गते दिउँसो ३ बजेर ७ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर गएको भूकम्प ५.९ रेक्टर स्केलको थियो । सोही दिन तीन बजेर ५३ मिनेटमा पुनः सिन्धुपाल्चोक नै केन्द्र बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।

विज्ञापन

सिन्धुपाल्चोकपछि सुदूरपश्चिम प्रदेशलाई केन्द्रविन्दु बनाएर चारपटक भूकम्प गइसकेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

कात्तिक १३ गते बझाङ जिल्लालाई केन्द्रविन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको थियो भने मङ्गलबार राति नै तीनपटक भूकम्प गएको थियो ।

नौ बजेर सात मिनेटमा ५.७ रेक्टर स्केलको भूकम्प डोटी केन्द्रविन्दु बनाएर गएको थियो भने नौ बजेर ५६ मिनेटमा ४.१ रेक्टर स्केलको सुदूरपश्चिमको खप्तडमा केन्द्र बनाएर गएको थियो । त्यसपछि लगातार सानातिना भूकम्पका धक्का महसुस भइरहे ।

मङ्गलबार मध्यराति दुई बजेर १२ मिनेटमा शक्तिशाली भूकम्प आएर डोटीमा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भए । त्यस भूकम्पले सुदूरपश्चिमका पहाडी जिल्लामा सयौँ घर क्षतिग्रस्त भएको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै