• होमपेज
  • कर्णालीका एमाले नेताहरू ओली निवासमा, एकताको अन्यौल लामो नराख्न सुझाव
कर्णाली प्रदेश

कर्णालीका एमाले नेताहरू ओली निवासमा, एकताको अन्यौल लामो नराख्न सुझाव

काठमाडाैँ । नेकपा एमाले कर्णाली प्रदेश अन्तर्गतका सबै जिल्लाका अध्यक्षहरू पार्टी एकतामा देखिएको अन्यौल चिर्नुपर्नेमा एकमत भएका छन् ।

उनीहरूले पार्टी एकतामा अन्याैल लामाे समयसम्म कायम  नराख्न भन्दै पार्टी अध्यक्ष केपी ओलीसँग सामुहिक भेट गरेका छन् ।

विज्ञापन

ओली निवासमा भएकाे भेटका क्रममा अध्यक्ष ओलीले अब छिटै अन्यौल च्यातिने बताएकाे भेटमा सहभागी एक नेताले जानकारी दिए  ।

उनका अनुसार नेकपा एमाले कुनै व्यक्ति विशेषका निम्ति गठन भएको पार्टी हैन भन्दै अध्यक्ष ओलीले जो आन्दोलनमा जनताका निम्ति जोडिन्छ त्यो नै नेता भएको बताए ।  आन्दोलनलाई धोका दिनेहर आफैँ सिधिने समेत ओलीले बताएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook