काठमाडौँ — प्रस्तावित एमाले समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल र वरिष्ठ नेतामा झलनाथ खनालसहित ९५ केन्द्रीय सदस्य प्रस्ताव गरिएको छ ।
९५ जनामा हाल एमालेमा रहेको ५८ केन्द्रीय सदस्य छन् । बाँकी केन्द्रीय सदस्य अहिले दल विभजानका क्रममा थपिएको हो ।
विज्ञापन
त्यस्तै, संघीय संसद्मा रहेका ३१ जना सांसद पनि एमाले समाजवादी समूहमा जोडिएको नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
निर्वाचन आयोगमा दल दर्ताका लागि प्रस्तावित अध्यक्ष नेपालसहितका नेताहरू पुगेका थिए ।
फेसबुक प्रतिक्रियाहरु