• होमपेज
  • सेवा प्रवाहमा एकरुपता ल्याउन कार्यसञ्चालन बिधी सार्वजनिक
गण्डकी प्रदेश

सेवा प्रवाहमा एकरुपता ल्याउन कार्यसञ्चालन बिधी सार्वजनिक

पर्वत । जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवाका बारेमा एकरुपता ल्याउन र सर्वसाधरण सेवाग्राहीलाई सहजै सेवाका बारेमा जानकारी दिने उद्देश्यले पर्वतमा कार्यसञ्चालन बिधी सार्वजनिक गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्वतमा आयोजित एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले कार्य सञ्चालन बिधी९एसओपी० सार्वजनिक गर्नुभयो ।
सार्वजनिक सेवा प्रवाहमा एकरुपता, पारदर्शीता र विश्वस्नीय बनाई कार्य सम्पादनलाई सरल तथा सहज रुपमा प्रवाह गर्न कार्यसञ्चालन बिधीले सहयोग पु¥याउने प्रजिअ खत्रीले बताउनुभयो ।

विज्ञापन

उहाँले सेवाग्राहीहरुले कार्यालयमा सेवा लिनआउदाका विधि र प्रकृयाकोवारेमा सवै नागरिकलाई जानकारी हुने र कुनैपनि सेवाग्राही कार्यालयमा आएर प्रकृया नपुगेका कारण विमुख भएर फर्कन नपर्ने स्थिति सृजना गर्न उक्त कार्य संचालन कार्यविधि सार्वजनिक गरिएको उहाँको भनाई छ ।

कार्यबिधी जिल्ला प्रशासन कार्यालयका कर्मचारी र हरेक पालिका तथा वडामा पु¥याउँदा सेवाग्राहीले सबै प्रकृया पु¥याउने हुँदा समयमा कार्यसम्पादन हुने बिश्वास लिइएको प्रजिअ खत्रीले बताउनुभयो ।

उक्त अवसरमा आर्थिक वर्ष ०७७र०७८ मा जिल्ला प्रशासन कार्यालय पर्वतले सम्पन्न गरेका कार्यहरुका उपलव्धिहरु सार्वाजनिक गरेको छ । विपद पूर्व तयारी तथा प्रतिकार्ययोजना,मनसुन पूर्व आपतकालिन कार्ययोजना निर्माण गरि लागू गरेको जानकारी दिएको छ ।

कार्यालयबाट गत आबमा दैबि प्रकोप प्रभावितहरु ७७ जनाले संघ सरकारबाट ८ लाख ९५ हजार र प्रदेश सरकारबाट ३९ जनाले ३ लाख ८० हजार राहात पाएका छन् । ७४ घर पुननिर्माण,११ पुनस्थापना र ९२ घर मर्मत भएका छन् । कार्यालयबाट आमा पत्ता नलागेका नागरिकका लागि नेपाली नागरिकता बनाउने कार्यलाई सहजिकरण गरी ३ जनालाई प्रकृया पु¥याएर नागरिकता प्रदान गरेको जानकारी पनि दिएको छ।

प्रजिअ पाण्डेले कोरोनाको दोश्रो लहरका कारण जनजीवन अतिप्रभावित भएको कठिन अवस्थामा पनि जिल्ला प्रशासन कार्यालयले सेवा प्रदान गरेको,कोरोना नियन्त्रण गर्न स्थानिय पालिका लगायत सरोकारवाला निकाय संग समन्वय गरि कार्य गरेका कारण ठुलो मानविय क्षती हुनवाट जोगिएको बताउनुभयो ।

उक्त अवसरमा जिल्ला समन्वय अधिकारी सुरेश ढकालले शान्ति सुरक्षा, अमनचयन कायम गर्दै सबै सरकारी र अन्य क्षेत्र संग समन्वयको भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई धन्यबाद दिनुभयो । कार्यक्रममा प्रमुख कोष नियन्त्रक ज्ञवाली, पत्रकार महासंघ पर्वतका अध्यक्ष सन्तोष थापा, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत बिमल गौतम लगायतले बोल्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै