बेनी, असार २६ गते । म्याग्दीमा बाढी र पहिरोमा पुरिएरका १३ जनाको शव भेटिएको छ । बिहीबार रातिदेखिको अविरल वर्षापछि खसेकाे पहिरोमा पुरिएकामध्ये १३ जनाको शव भेटिएको र अन्य १९ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ ।
बाढी तथा पहिरोमा पुरिएका धाैलागिरी गाउँपालिका वडा नं. ६ मराङ, दमका चिहानडाँडाका तुलबहादुर क्षेत्री, सुकुना लामगादे, आशिष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, कल्लेनीका नजिमा केसी, प्रकाश केसी, सविन र रघुगङ्गा गाउँपालिका वडा नं. ६ ठाडाखानीका नलिमान छन्त्यालको शव भेटिएको प्रहरीले जनाएको छ ।
विज्ञापन
मृतक १४ जनामध्ये १३ जना पहिरोमा पुरिएका र एक जना नलिमान छन्त्याललाई स्थानीय लापु खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका धाैलागिरी गाउँपालिकाको मराङका छ जनाको उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको र बेपत्ता सोही ठाउँका १० जना र मालिका गाउँपालिकाको विमका छ जनाको खोजी कार्य जारी रहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।
बाढीपहिरोमा परेर बेपत्ता भएकाहरूको खोजीकार्य सुरु गरिएको छ । पहिरो प्रभावित क्षेत्रमा उद्धारका लागि बेनीबाट नेपाली सेनाको टोली हेलिकाेप्टरबाट र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल स्थलमार्ग हुँदै जान प्रयास गरेपनि मौसमी प्रतिकूलताका कारण जान नसकी फर्किएका छन् ।
फेसबुक प्रतिक्रियाहरु