• होमपेज
  • रास्वपा पर्वतका कार्यकर्ता कुटिए : दोषीमाथि कारबाहीको माग
गण्डकी प्रदेश

रास्वपा पर्वतका कार्यकर्ता कुटिए : दोषीमाथि कारबाहीको माग

पर्वत । पर्वतको बिहादी गाउँपालिका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तामाथि नेकपा एमालेका कार्यकर्ताहरूले सामूहिक कुटपिट गरेका छन ।

शनिवार बिहादी गाउँपालिकामा आयोजित “राजनीतिक प्रतिशोधको विरोधमा जनताको हस्ताक्षर अभियान”मा सहभागी भएर घर फर्कंदै गरेका रास्वपा सदस्यहरू बिमल परियार, कमल भुसाल र नेत्र भुसालमाथि एमाले कार्यकर्ता दिल बहादुर जि.सी., दुर्गा प्रसाद भुसाल र नर बहादुर घर्ती लगायतको समूहले बाटो छेकेर निर्घात कुटपिट गरेका हुन्।

विज्ञापन

घटनाका प्रत्यक्षदर्शीहरूका अनुसार कुटपिटका क्रममा रास्वपा कार्यकर्ताहरूले लगाएको टिसर्ट जबर्जस्ती खोली जलाउने प्रयाससमेत गरिएको थियो। यस प्रकारको आक्रमणलाई पीडित पक्षले पूर्वनियोजित र राजनीतिक पूर्वाग्रहप्रेरित हिंसाको संज्ञा दिएका छन्।

रास्वपाका जिल्ला नेता रमेश कुमार श्रेष्ठले यस्तो निन्दनीय घटनाप्रति कडा आपत्ति जनाउँदै संलग्न व्यक्तिहरूमाथि कडा भन्दा कडा कानूनी कारबाहीको माग गरेका छन्। उनले भने, “लोकतान्त्रिक मुल्य–मान्यता र अभिव्यक्ति स्वतन्त्रताको गम्भीर उल्लंघन भएको यो घटनाले राजनीतिक सहिष्णुतामाथि प्रश्न उठाएको छ।”

श्रेष्ठले जिल्ला प्रशासन र सुरक्षा निकायसँग दोषी पहिचान गरी कारबाही प्रक्रिया तत्काल अघि बढाउन माग गर्दै आम नागरिक र राजनीतिक दलहरूलाई लोकतान्त्रिक आचरण र संयमित व्यवहार अपनाउन पनि आग्रह गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै