• होमपेज
  • विद्या भण्डारीको सदस्यतामै ओलीको भाँजो– नवीकरण होइन नयाँ लिनुपर्छ !
Breaking News

विद्या भण्डारीको सदस्यतामै ओलीको भाँजो– नवीकरण होइन नयाँ लिनुपर्छ !

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यतामाथि नै प्रश्न उठाएका छन् । शुक्रबारबाट पार्टी कार्यालय च्यासलमा सुरु भएको पोलिट्ब्युरो कमिटी बैठकमा उनले एमालेमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण भएको भन्न नमिल्ने जिकिर गरेका हुन् ।

“राष्ट्रपति भइसकेपछि पार्टीमा लामो समय सदस्यता रिक्त भयो । ग्याप भएपछि नयाँ सदस्यता लिने हो । कसरी नवीकरण हुन्छ रु,” ओलीको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, “एक त उहाँको सदस्यता नवीकरण भएको छैन । त्यसमाथि उहाँ राष्ट्रपति भइसकेको व्यक्ति ।”
ओलीले भण्डारी पूर्वराष्ट्रपति हुनाले एमाले अध्यक्ष बन्नेगरी सक्रिय हुन नहुने धारणा राखेको ती सदस्यले जानकारी दिए ।
केपी ओली र कर्ण थापाबीच भनाभन १

विज्ञापन

“राष्ट्रपति सम्मानीत पद हो । देशको उच्च गरिमामा बसिसकेको व्यक्ति पार्टी अध्यक्ष बन्नेगरी सक्रिय राजनीतिमा लाग्नु उचित हुँदैन,” ओलीले बैठकमा भनेका थिए ।प्रचार विभाग प्रमुख राजेन्द्रका गौतमका अनुसार ओलीले भण्डारीका विषयमा पार्टीले उचित निर्णय गर्ने धारणा पनि राखेका छन् । दुई कार्यकाल राष्ट्रपति पदमा बिताएकी भण्डारी १० वर्षपछि सक्रिय राजनीतिमा आउने प्रयास गरेपछि एमालेसहित सिंगो राजनीतिक अवस्था तरंगित बन्न पुगेको छ ।

भण्डारीले असार १४ गते जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एमालेको सदस्यता नवीकरण गरेको घोषणा गरेकी थिइन् ।
“।।।वास्तवमा त्यसबेलै पार्टीमा आबद्ध भएर जीवनभर राष्ट्र र जनताको सेवा गर्ने अठोट गरिसकेकै थिएँ । फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा ९एमाले० मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,” भण्डारीले भनेकी थिइन् ।

ओलीले पोलिट्ब्युरो कमिटीको बैठकमा भण्डारीको सदस्यतामाथि नै प्रश्न उठाएपछि दुईबीच निकै दूरी बढेको देखिएको नेताहरु बताउँछन् । ओलीले भण्डारीको आगमनबारे सार्वजनिक सञ्चारमाध्यमार्फत् पनि आपत्ति जनाइसकेका छन् ।

पोलिट्ब्युरो बैठकमा मौखिक राजनीतिक प्रस्ताव पेश गर्दै उनले सचिवालय बैठकले अघि सारेको प्रस्तावमा नै अघि बढ्नुपर्ने धारणा राखेका हु्न् । बिहीबार पनि मध्यरातसम्म चलेको केन्द्रीय सचिवालय बैठकमा ७० वर्षे उमेरहद र दुई कार्यकालको व्यवस्थाबारे चर्काचर्की भएको थियो ।

पार्टीमा ७० वर्षे र उमेरहदको व्यवस्था हटाएर ओलीले तेस्रो कार्यकालको अध्यक्षको ढोका खुला गरेको नेताहरु बताउँछन् । एमालेले दशौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिमात्रै विधान महाधिवेशनमा सहभागी गराउन सकिने व्यवस्थाको प्रस्ताव गरेको छ ।
यसले पूर्वराष्ट्रपतिलाई भण्डारीलाई विधान महाधिवेशनमा सहभागी हुने बाटो बन्द गर्छ । किनकि उनी दशौँ महाधिवेशनका बेला राष्ट्रपति थिइन् । उनी एमालेको प्रतिनिधिको हैसियतमा थिइनन् ।

शुक्रबारको बैठकमा अध्यक्ष ओली र स्थायी कमिटी सदस्य कर्ण थापाबीच पनि भनाभन समेत भएको थियो । उनले उपाध्यक्ष विष्णु पौडेलले बोल्नासाथ धारणा राख्न पाउनुपर्ने माग गरेपछि ओलीले अहिले नबोल्न भन्दै बस्न निर्देशन दिएका थिए । सोही क्रममा विवाद भएको थियो ।

आफ्नो पालो आएपछि बोलेका थापाले ७० वर्षे र दुई कार्यकालको प्रावधान हटाउने प्रस्तावमा ओलीमाथि प्रश्नै प्रश्न तेर्साएका छन् । उनले विगतमा ओलीले प्रकाशित गरेको पार्टी जीवनको लोकतान्त्रिकरणको पुुस्तको अंश पढेर समेत सुनाएका थिए ।

उनले पार्टी जीवनमा लोकतान्त्रिकरणको कुरा उठाउँदा ओली ६० वर्षको भएको र अहिले आफू ६० बर्ष पुग्न लाग्दा ७० वर्षे उमेरहदबारे प्रश्न गर्न किन नपाउने भनी सोधेका छन् । त्यस्तै उनले १०औँ राष्ट्रिय महाधिवेशनपछि विधान पटक–पटक छाप्दा विधानको धारा ६४ को व्यवस्था किन हटाइएको भनी प्रश्न गरेका थिए । उनले पार्टीको विधानमा ७० वर्षे उमेरहद र दुई कार्यकालको प्रस्ताव कायम राख्नुपर्ने धारणा राखेका छन् ।

बैठकमा बोल्नका लागि एक सदस्यलाई पाँच मिनेटको समय दिइएको छ । पोलिट्ब्युरो बैठक शनिबार पनि चल्नेछ । केन्द्रीय कमिटी बैठक आगामी साउन ५ गतेका लागि बोलाइएको छ । एमालेले भदौ २० देखि २२ सम्म हुने विधान महाधिवेशनका लागि संशोधन प्रस्तावमाथि छलफल अघि बढाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै