• होमपेज
  • पर्वत काँग्रेसको दोश्रो जिल्ला सम्मेलन माघ ८ मा हुँदै: सम्मेलनको उद्घाटन सभापति देउवाले गर्ने
गण्डकी प्रदेश

पर्वत काँग्रेसको दोश्रो जिल्ला सम्मेलन माघ ८ मा हुँदै: सम्मेलनको उद्घाटन सभापति देउवाले गर्ने

पर्वत/यही माघ ८ गते हुने नेपाली काँग्रेस पर्वतले दोश्रो जिल्ला सम्मेलनलाई भव्य र ऐतिहासिक रुपले सम्पन्न गर्न पार्टीले विशेष तयारी थालेको छ । सम्मेलनलाई पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको मंगलवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

सम्मेलनले कार्यकर्तामा आएको निराशालाई उत्साहमा परिणत गर्ने, विगतमा पार्टीले गरेको कार्यसम्पादनको समीक्षा गर्ने, भावी कार्ययोजना निर्माण गर्ने, राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पारित गर्ने लगायतको कार्यसूची रहेको पार्टी उपसभापति डाक्टर चूडामणि शर्माले जानकारी दिनुभयो ।

विज्ञापन

सभापति देउवा सहित उक्त कार्यक्रममा केन्द्रिय सदस्य एवं पूर्व महामन्त्री डा शंशाक कोईराला, केन्द्रीय सदस्य एवं प्रतिनिधीसभाका सदस्य डा. चन्द्र भण्डारी, केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहित केन्द्रिय नेता प्रदेशका नेताहरु समेत कार्यक्रममा सहभागी हुने जानकारी दिनुभयो । सम्मेलनको सबै तयारीहरु शुरु भएको बताउँदै उपसभापति डा. शर्माले यसका लागि १५ वटा विभिन्न समिति बनाएर काम गरिरहेको अवगत गराउनुभयो । सम्मेलन कुश्मा बजार स्थित लोकतान्त्रिक चोकमा आमसभाको रुपमा सञ्चालन गरि उद्घाटन गरिने भएको छ ।

उहाँका अनुसार सम्मेलनमा जिल्ला कार्यसमिति, नगर तथा गाउँ, प्रदेश तथा वडा स्तरका कार्यसमितिका पदाधिकारी, सदस्य, जनप्रतिनिधी, पार्टीका विभिन्न भातृ तथा शुभेच्छुक सहभागी हुने उपसभापति शर्माले जानकारी दिनुभयो

कार्यक्रममा अर्का उपसभापति शिवप्रसाद सुबेदीले विभिन्न पार्टीमा देखिएको विकृति, यूवाहरुको निराशा, जनतामा रहेको विकासको आकंक्षा र काँग्रेस पार्टीमा देखिएका कमजोरी केलाउने अवसरको रुपमा जिल्ला सम्मेलन लाई उपयोग गरिने बताउनुभयो । उहाँले यो सम्मेलनले नेपाली काँग्रेस पर्वतलाई एकढिक्का बनाउने र बैचारिक रुपमा काँग्रेसको संगठन मजवुत बन्ने सुबेदीले विश्वास व्यक्त गर्नुभयो ।

पार्टी सचिव गुप्तनिधी शर्माले मुलभूत रुपमा जिल्ला सम्मेलनका पाँच वटा उद्धेश्य रहेको चर्चा गर्नुभयो । उहाँका अनुसार जिल्ला सम्मेलनको उद्घाटन पश्चात हुने बन्दसत्रमा जिल्ला सभापति युवराज जोशीले राजनैतिक प्रतिबेदन, सचिव गुप्तनिधी शर्मा र अशोक उचै ठकुरीले सांगठनिक तथा प्रगति प्रतिबेदन र कोषाध्यक्ष हेम शर्मा पौडेलले आर्थिक प्रतिबेदन पेश गर्नुहुने भएको छ । यसका अलवा उक्त अवसरमा वार्षिक समिक्षा र वार्षिक कार्ययोजना उपर व्यापक छलफल गरि पार्टीको अवस्था लाई थप चलायमान बनाउने गरि सम्मेलनले योजना तय गर्ने सचिव शर्माले बताउनुभयो ।

नेपाली काँग्रेसका जिल्ला सचिव अशोक उचै ठकुरीले कार्यक्रमको सञ्चालन सहित पत्रकारहरु बाट आएका जिज्ञाशाको जवाफ दिनुभएको थियो । उहाँले सम्मेलनको खुल्ला सत्रमा नेपाली काँग्रेसका नेता कार्यकर्ता मात्रै नभएर अन्य पार्टीका प्रमुख एवं प्रतिनिधी, विभिन्न संस्थाका प्रतिनिधीहरु र प्रजातन्त्रमा विश्वास गर्ने सुभेच्छुकहरुलाई सहभागि हुन पत्रचार गरिएको ठकुरीले बताउनुभयो ।

सम्मेलनमा प्रतिवन्धित कालदेखि हालसम्म पार्टी जीवनमा महत्वपूर्ण योगदान पु¥याएका विभिन्न व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको वताइएको छ । सम्मेलनलाई प्रभावकारी बनाउन पार्टीले विभिन्न १५ वटा उपसमितिहरु समेत बनाएको छ । जसमा पार्टी सभापति युवराज जोशी संयोजक रहेको कार्यक्रम व्यवस्थापन उपसमिति, डाक्टर चूडामणि शर्माको संयोजकत्वमा गेट व्यवस्थापन उपसमिति, उपसभापति शिवप्रसाद सुवेदीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, सचिव अशोक उच्चै ठकुरीको संयोजकत्वमा झाँकी व्यवस्थापन उपसमिति, सचिव गुप्तनिधि शर्माको संयोजकत्वमा प्रतिवेदन तयारी उपसमिति, कोषाध्यक्ष हेम शर्मा पौडेलको संयोजकत्वमा आर्थिक संकलन उपसमिति, सहसचिव तिलकप्रसाद भुषालको संयोजकत्वमा नाम दर्ता तथा सामग्री वितरण उपसमिति, सदस्य लक्ष्मीकुमारी मेघासीको संयोजकत्वमा अतिथि स्वागत सत्कार उपसमिति, सदस्य ओम गिरीको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति, सदस्य सोमबहादुर पुनको संयोजकत्वमा स्वागत गान तयारी समिति, सदस्य ओमप्रसाद शर्मा घायलको संयोजकत्वमा प्रमाणपत्र तयारी उपसमिति, सदस्य सरस्वती शर्मा जिज्ञाशुको संयोजकत्वमा व्याच वितरण उपसमिति, नेवि संघ अध्यक्ष अजय पोखरेलको संयोजकत्वमा तोरण व्यवस्थापन उपसमिति, नेपाल तरुण दलका कार्यावाहक अध्यक्ष भाष्कर जोशीको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति र नेपाल प्रेस युनियनका अध्यक्ष उत्तमप्रसाद अधिकारीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरेको पार्टी सचिव गुप्तनिधि शर्माले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook