Breaking News

अहिलेसम्म कहाँ कसले जिते?

आइतबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ। केही स्थानको अन्तिम परिणाम आउने क्रम सुरू भइसकेको छ।

अहिलेसम्म नौ स्थानको मतपरिणाम आइसकेको छ।

विज्ञापन

निर्वाचन क्षेत्रहरू काठमाडौं-१, काठमाडौं-४, काठमाडौं- ९, रसुवा, कैलाली-३, उदयपुर-२, मनाङ, मुस्ताङ र ललितपुर-२ को नतिजा आइसकेको छ।

काडमाडौं- १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन्। उनले ७१४३ मत पाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रवीन्द्र मिश्रलाई पराजित गरेका हुन्। मिश्रले ७०११ मत पाए।

काठमाडौं- ४ मा कांग्रेसकै गगन कुमार थापा निर्वाचित भएका छन्। उनले २१२९३ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईले १३८३७ मत पाए।

मनाङमा पनि त्यस्तै नेपाली कांग्रेसले जीत हासिल गरेको छ। मनाङमा टेकबहादुर गुरुङ २५७५ मतसहित विजयी भएका हुन्। उनले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई पराजित गरेका हुन्। गुरुङले २२४७ मत पाए।

मुस्ताङ- १ मा नेपाली कांग्रेसका योगेश गौचन थकालीले जितेका छन्। उनले ३९९२ मत पाए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले ३०७८ मत पाए।

रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत ल्याएर विजयी भएका छन्। आचार्यले १८२३५ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका छोवाङ तेन्जिन तामाङले ८६१४ मत मात्र ल्याएका छन्।

त्यस्तै नेकपा एमालेका प्रेमलाल महर्जन पनि निर्वाचित भइसकेका छन्। ललितपुर- २ बाट निर्वाचित उनले १५०२५ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ८८८६ मत पाए।

त्यस्तै काठमाडौं- ९ मा नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठले जित हासिल गरेका छन्। उनले ११९५६ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर बस्नेतले १०९६१ मत पाए।

उदयपुर-२ बाट एमालेकै अम्मरबहादुर रायमाझी १५२५१ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी (एस) जगन्नाथ खतिवडाले १२८९३ मत पाए।

कैलाली- ३ मा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी निर्वाचित भएका छन्। उनले २३१२० मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्ण कुमार चौधरीले १७७४९ मत पाएका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook