• होमपेज
  • हामीले मुलुकलाई निकै ठूलो दुर्घटनाबाट बचाएका छौँ : नेता नेपाल
Breaking News

हामीले मुलुकलाई निकै ठूलो दुर्घटनाबाट बचाएका छौँ : नेता नेपाल

एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा सत्तारूढ गठबन्धनलाई नै आममतदाताले विजयी गराउनुपर्ने बताएका छन्।

सत्तारूढ गठबन्धनकै भविष्य रहेकाले आममतदाताले सोही गठबन्धनलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने उनको भनाइ थियो।

विज्ञापन

आइतबार काठमाडौंमा आयोजित ‘सत्तारूढ गठबन्धनका काठमाडौं क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा र प्रदेश सभाका उम्मेदवारको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा–सभा’ कार्यक्रममा बोल्दै नेपालले धरापमा परिसकेको संविधान र लोकतन्त्रलाई रक्षा गरेर सत्तारूढ गठबन्धनले मुलुकलाई ठूलो दुर्घटनाबाट जोगाएको दाबी गरे।

‘गठबन्धन दललाई तपाईंहरूले विजयी गराउनुपर्दछ। धेरै लामो व्याख्या गर्नुपर्ने आवश्यकता छैन। हामीले मुलुकलाई निकै ठूलो दुर्घटनाबाट बचाएका छौँ । संविधान नै धरापमा परिसकेको थियो। लोकतन्त्र नै धरापमा पर्ने अवस्था भइसकेको थियो। पटकपटक धरापमा परेको संविधानलाई जोगाउने कुरामा यो वाम–लोकतान्त्रिक गठबन्धनले महत्वपूर्ण भूमिका खेल्यो।’

नेपालले निर्वाचनमा विजयी हुने गरी क्रियाशील हुन पनि सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेता–कार्यकर्तालाई सचेत गराए। मुलुकको स्वाभिमानलाई उँचो राख्न र जनताको अधिकारलाई सुनिश्चित गर्न पनि सत्तारूढ गठबन्धनलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्नेमा उनको जोड थियो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook