• होमपेज
  • ४३ डिएसपीको सरुवा, पर्वतमा न्यौपाने आउने
Breaking News

४३ डिएसपीको सरुवा, पर्वतमा न्यौपाने आउने

नेपाल प्रहरीका ४३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक गरेको सरुवा अनुसार पर्वतमा मधुसुदन न्यौपाने आउने भएकाछन् भने पर्वतका शिवराज बुढाथोकी काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा भएका छन् । न्यौपाने जिल्ला प्रहरी कार्यालय बाँकेबाट पर्वत आउने भएका हुन् ।

विज्ञापन

यस्तै बानेश्वर, दरबारमार्ग, बौद्ध, महाराजगञ्ज प्रहरी कार्यालय लगायतका डिएसपीहरुको सरुवा गरेको हो ।
प्रहरी प्रधान कार्यालय कर्मचारी शाखाका अनुसार निशान्त श्रीवास्तव बानेश्वर, कोपिला चुडाँल दरबारमार्ग, हरिबहादुर बस्‍नेत बौद्ध र अंगुर जीसी महाराजगञ्ज प्रहरी वृतमा सरुवा भएका छन् । यस्तै पर्वत, मुस्ताङ, लमजुङ लगायतका डिएसपीहरुको समेत सरुवा गरेको छ । ।

हेर्नुस् सरूवा सूची

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook