• होमपेज
  • प्रधानमन्त्री देउवासँग चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको शिष्टाचार भेट
Breaking News

प्रधानमन्त्री देउवासँग चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवासँग चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानचाओले शिष्टाचार भेट गर्नुभएको छ।

आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर चियानचाओले भेटवार्ता गर्नुभएको हो।

विज्ञापन

सीपीसीको विदेश विभाग प्रमुख लिउ नेतृत्वको टोली तीन दिनसम्म नेपालमा रहने परराष्ट्र मन्त्रालयले जनाएको छ। आठ सदस्यीय टोलीसहित उहाँ आइतबार बिहान नेपाल आउनुभएको हो।

लिउले राष्ट्रपति विद्यादेवी भण्डारीसँगै अन्य दलका अध्यक्ष लगायत नेतासँग भेटवार्ता गर्नुहुनेछ।

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुहुँदै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियानचाओ नेतृत्वको टोली ।

अघिल्लो समाचार

NRB seeks suggestions for monetary policy
NRB seeks suggestions for monetary policy

अर्को समाचार

IDCPC Chief Liu holds meeting with PM Deuba
IDCPC Chief Liu holds meeting with PM Deuba

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook