• होमपेज
  • राणा, राजा र काँग्रेसका सरकारले जनताको सुख समृद्धिको योजना नै ल्याएनन् : ओली
Breaking News

राणा, राजा र काँग्रेसका सरकारले जनताको सुख समृद्धिको योजना नै ल्याएनन् : ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस सुशासन र विकासको मार्गमा तीव्र रूपले अघि बढिरहेको देशलाई व्यवधान खडा गर्न उद्यत भएको आरोप लगाएका छन् । स्थानीय निर्वाचनको सम्मुखमा आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले २०४६ सालपछि नेकपा एमाले १० वर्ष सरकारमा रहेको र काँग्रेस २७ वर्ष सरकारमा रहेपनि एमाले नेतृत्वको सरकारले विकास र राष्ट्रहितका धेरै काम गर्न सफल भएको दावी समेत गरे ।

‘काँग्रेस देशलाई यथास्थितिमा राख्न, पछाडि फर्काउनका लागि राष्ट्रियता लोकतन्त्र र जनताप्रतिको कर्तव्यबोधका कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ सहयोग लिएर देश हितका सन्दर्भमा उल्टो बाटो समात्ने काम गर्यो’, पत्रकार सम्मेलनमा लिखित वक्तव्य पढ्दै ओलीले भने, ‘काँग्रेसले संसदीय मूल्य र मान्यतालाई नै कुल्चियो । राजनीतिक दलको आधारभूत मर्ममाथि प्रहार ग¥यो । काँग्रेसले संसद्लाई बन्धक बनायो, स्वतन्त्र न्यायपालिकामाथि आघात पुर्यायो ।’

विज्ञापन

उनले काँग्रेस नेपाली जनताको स्थिरता र विकासका सवालमा अवरोध बनेको भन्दै नेपालको विकास र नेपालीको सुख तथा स्थायित्वका लागि एमालेलाई साथ दिन आग्रह गरे । पत्रकार सम्मेलनमा ओलीले संसद् विघटनको बचाउ गर्दै भने,‘संविधानको रक्षा गर्न जनाधिकारको संरक्षण गर्न र देशलाई थप षडयन्त्रको चक्रव्यूहबाट जोगाउन लोकतन्त्रप्रति प्रतिबद्ध रहेको नेकपा एमाले सरकारका सामु अन्य विकल्प थिएन । फलस्वरुप जनादेशका लागि जनतामा जाने निष्कर्षमा हामी पुग्यौँ ।’

उनले आफ्नो संसद विघटनको कदमलाई अदालतले उल्ट्याएर संवैधानिक अधिकारमाथि कुठाराघात गरेको आरोप लगाए । ओलीले तीनै तहमा नेकपा एमालेको सरकार आवश्यक रहेको भन्दै उनले राणा, राजा र काँग्रेसको सरकारले देश विकास र जनताको सुख समृद्धिका योजना अगाडि नबढाएको आरोप समेत लगाए । उनले काँग्रेसलाई मतदान गर्ने धारणा बनाएका र स्वतन्त्र मतदातालाई आग्रह गर्दै भने– ‘आउनुहोस् निर्धक्क सूर्यमा भोट हाल्नुस् ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook