• होमपेज
  • गठबन्धनको दाबीः पोखरा ३३ मा जितिसक्यौं
गण्डकी प्रदेश

गठबन्धनको दाबीः पोखरा ३३ मा जितिसक्यौं

पोखरा/स्थानीय निर्वाचन अन्तर्गत पोखरा ३३ मा सत्ता गठबन्धनका उम्मेदावरले जितिसकेको दाबी गरेका छन् । उनीहरुले प्राविधिक हिसाबले मात्र मत परिणामसम्म पर्खिनुपरेको तर्क गरे ।

भरतपोखरी पुगेका पोखरा महानगरका मेयरका उम्मेदवार धनराज आचार्य र उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले यस्तो दाबी गरेका हुन् । वडामा समेत गठबन्धन भएको पोखरा ३३ धनराजको गृह वडा हो ।

विज्ञापन

उनले आफ्नो राजनीतिक यात्रा यहीबाट सुरु भएको बताउँदै धेरै पटक सूर्य चिन्हमा मतदान मागेको स्मरण गरे । उनले पार्टीमा दुर्घटना भएकाले मुलुक बचाउन गठबन्धन गर्न बाध्य भएको सुनाए ।

२०४८ देखि कुरा गरेको तर पूरा नभएको विकासलाई अब मुर्तरुप दिने अवस्था आएको जनाए । देशको सार्वभौमसत्ता जोगाउनका लागि हुँदा खादाको पार्टीलाई छाडेर नयाँ पार्टीको स्थापना गर्नुपरेको उनको तर्क छ ।

पोखरा ३३ मा औद्योगिक क्षेत्र बनाउने सोच बनाए पनि स्थानीयको सरसल्लाह बिना केही गर्न नसकिने उनी बताउँछन् । आचार्यले अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाउन महानगरमा आफ्नै व्यक्ति आउँदा फाइदा हुने बताए । ५ वर्ष कुनै गुनासो नहुने गरी काम गर्ने र वडालाई नमुना बनाउने उनले प्रतिवद्धता गरे ।

उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले लोकतन्त्रको अस्तित्व जोगाउनका लागि गठबन्धन गरिएको बताइन् । पोखार ३३ मा गठबन्धनले जितिसकेको उनको भनाइ छ । यो महानगरको दुर्गम क्षेत्र रहेको बताउँदै उनले निर्वाचित भए सबल शिक्षा, पूर्वाधार विकासमा ध्यान दिने उल्लेख गरिन् ।

पोखरा ३३ का वडाध्यक्ष पदका उम्मेदवार रामचन्द्र अधिकारीले कानुन जोगाउनका लागि गठबन्धन गरिएको बताए । उनले हिजो एमालेको सरकारले पोखरा ३३ को विकासमा कुठराघात गरेको उनको आरोप छ । अधिकारीले एमालेले पैसा खर्च गरेर मत किन्ने दुस्साहस गरेको दाबी गरे ।

हिजो महानगरको नेतृत्व एमालेले लिँदा गफबाहेक केही नगरेको उनी बताउँछन् । पोखरा ३३ तल्लो पुणिटारमा आयोजना गरिएको घरदैलो तथा परिचयात्मक कार्यक्रममा पोखरा ३३ का वडा सदस्यका उम्मेदवारहरु प्रकाश कार्की, दुर्गा केसी, श्रीदत्त बराल, सृष्टि विकसहित गठबन्धनका नेता, कार्यकर्ता सहभागी थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook