• होमपेज
  • काँग्रेस–एमालेको बालुवाटार बैठक सकियो, यस्तो भयो सहमती
Breaking News

काँग्रेस–एमालेको बालुवाटार बैठक सकियो, यस्तो भयो सहमती

सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल सकिएको छ । बैठकमा नेपाली काँग्रेसको तर्फबाट पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी थिए भने नेकपा एमालेको तर्फबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ रहेका थिए ।

एमसीसी पारित गर्ने विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलहरू बीच एक मत हुन नसकेपछि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलको साथ खोजेका हुन् । आज दिउँसो पनि दुई दलबीच संसद् भवनमा छलफल भएको थियो । दुई अध्यक्ष साँझ पुन: बैठकमा बस्ने सहमति गरी छुटिएका थिए । सो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पक्षमा उभिन एमाले अध्यक्ष ओलीसँग प्रस्ताव राखेका थिए । ओलीसँगको छलफलमा देउवाले एमसीसीको पक्षमा उभिए आफू एमालेका सबै माग पुरा गर्न तयार गरेको बताएका थिए ।

विज्ञापन

‘एमसीसी हामी सबै लागेर अगाडि बढाएको होइन । तपाईंकै पालामा संसदमा दर्ता भएको होइन ?,’ ओलीलाई देउवाको प्रश्न थियो । अहिले आएर एमसीसीबाट यसरी भाग्न खोज्दा देशले धेरै ठूलो मूल्य चुकाउनुपर्ने देउवाको भनाइ थियो । ‘म सबै कुराका लागि खुला छु । सरकार मेरा लागि माइनर हो । एमसीसीमा एक ठाउँ उभिएर जाऔँ ।’ देउवाले एमसीसीमा मद्दत गर्न आग्रह पनि गरेका थिए ।

बैठकमा एमाले अध्यक्ष ओलीले सभामुख हटाउन र माधब नेपाल नेतृत्वको पार्टीलाई अबैध बनाउन सहयोग गरेमा आँफूले एमसीसी पास गर्न सहयोग गर्ने प्रतिवद्धता गरेको काँग्रेस स्रोतको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook