• होमपेज
  • देउवा–ओलीबीचको वार्ता सम्पन्न, प्रतिक्रिया नदिइकन बाहिरिए देउवा
Breaking News

देउवा–ओलीबीचको वार्ता सम्पन्न, प्रतिक्रिया नदिइकन बाहिरिए देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकिएको छ।  राती सवा १० बजे देउवा बालकोटबाट बालुवाटार फर्किएका हु्न।

बालकोटबाट बाहिरिने क्रममा देउवाले कुनै प्रतिक्रिया दिन मानेनन् । सत्ता गठबन्धनको बालुवाटारमा बिहीबार साँझ बसेको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि देउवा ओली भेट्न बालकोट पुगेका हुन् ।

विज्ञापन

देउवाले बालकोटमा ओलीसँग दुई चरण वार्ता गरे । पहिलो चरणको वार्ता गरेर फर्किएका देउवा फेरि बालकोट नै फर्किएका थिए ।देउवा ओली भेट्न राति ८ बजेर ५० मिनेटमा ओली निवास पुगेका थिए भने १०ः १५ मा फर्किँदा समग्र एमसीसी र अन्य रणनीतिका विषयमा छलफल भएको बुझिएको छ ।

देउवाले सत्तारुढ दलको असहमतिका बीच एमसीसी भोलिको बैठकमा टेबुल गर्ने बताएका छन् ।यसैबीच ओलीले पनि कुनै प्रतिक्रिया दिएका छैनन् । ओलीको सचिवालयले देउवासँग भेटवार्ता भएको तर मिडियासँग बोल्ने कुनै विषय नभएको बालकोटमा भेला भएका सञ्चारकर्मीलाई प्रतिक्रिया दियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook