• होमपेज
  • प्रदेश दिवसको अवसरमा बुधबार गण्डकीमा सार्वजनिक विदा
गण्डकी प्रदेश

प्रदेश दिवसको अवसरमा बुधबार गण्डकीमा सार्वजनिक विदा

पोखरा : गण्डकी प्रदेश सरकारले प्रदेश दिवसको अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक विदा घोषणा गरेको छ। प्रदेश मन्त्रिपरिषदको मंगलबारको बैठकले उक्त निर्णय गरेको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले सार्वजनिक गरेको छ।

२०७४ साल फागुन ४ गते एमाले नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार गण्डकीमा गठन भएको थियो। प्रदेश सरकार गठन भएको दिनलाई नै सरकारले प्रदेश दिवस मनाउँदै आएको छ। गुरुङ सरकार २०७८ जेठ २९ गते ढलेपछि कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा सरकार बनेको छ।

विज्ञापन

गण्डकी प्रदेश सभाको पहिलो बैठक २०७४ माघ २२ गते बसेको थियो। त्यस दिनलाई प्रदेश सभा दिवस मनाउने गरिएको छ। प्रदेश सभाले २०७५ साल असार १८ गते पोखरालाई प्रदेश राजधानी तोकेको थियो। २२ गते प्रदेशको नाम गण्डकी नामकरण गरेको थियो। राजधानी तोक्दा सर्वसम्मत निर्णय गर्न प्रदेश सभा सफल भए पनि नामकरणमा उक्त दिन बैठकमा उपस्थित ५६ मध्ये २ जनाले मात्रै गण्डकीको विपक्षमा मत दिएका थिए। जनता समाजवादी पार्टीका २ सांसदबाहेक बाँकी एमाले, कांग्रेस, माओवादी, जनमोर्चा र एकजना स्वतन्त्रसमेत गण्डकीको पक्षमा उभिएका हुन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook