• होमपेज
  • नगरसभा सफल भएको उपलक्ष्यमा पर्वतको एक स्थानीय तहले दियो सार्वजनिक विदा
गण्डकी प्रदेश

नगरसभा सफल भएको उपलक्ष्यमा पर्वतको एक स्थानीय तहले दियो सार्वजनिक विदा

पर्वत । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिनै लाग्दा समेत विवादित निर्णय गर्ने भने छोडेका छैनन्। सामान्य र असान्र्दभिक विषयमा समेत सार्वजनिक विदा दिने स्थानीय तहको प्रतिस्पर्धाकै बीचमा  पर्वतको एक स्थानीय तहले नगर सभा सम्पन्न भएको अवसरमा सार्वजनिक बिदा दिएको छ।

फलेवास नगरपालिकाले १०औं नगरसभा सम्पन्न भएको अवसर पारी आज बिहीबारका लागि सार्वजनिक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद श्रेष्ठद्धारा जारी सूचनामा उल्लेख छ। नगरपालिकाले सूचना जारी गर्दै नगरभित्रका सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संघ–संस्थाहरूलाई बिदा दिइएको नगरपालिकाले जनाएको छ।

विज्ञापन

नगरपालिकाको प्रमुख पदमपाणी शर्मा र उपप्रमुख मञ्जु अधिकारीबीच सम्बन्ध समेत राम्रो छैन्। दुबै नेकपा एमालेबाट निर्वाचित भएपनि तालमेल मिलेको छैन भने नगर सभा तथा अन्य दिनमा समेत उपप्रमुख मञ्जु अधिकारीले प्रमुख कै बराबर अधिकार प्रयोग गर्ने गरेकी छन्।

नगर प्रमुख पौडेलले एक्लै अगाडी बढ्न खोजेको गुनासो गर्ने उपप्रमुखले आफ्नो जिम्मेबारी र अधिकारलाई प्रयोग गर्ने गरेको बताउने गरेकी छन्। यता नगरसभा सकिएको उपलक्ष्यमा विदा दिएको विषयमा सामाजिक सञ्जालमा फाइरल भएको छ भने नगरका जनप्रतिनिधिलाई कार्यकाल सकिने बेलाको नांगो नाच भनेर समेत टिप्पणी गरेका छन्। नगरपालिकाको सभा बुधबार सम्पन्न भएको थियो। नागरिक दैनिकबाट साभार 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook