• होमपेज
  • साना किसान विकास लघुवित्तद्धारा कृषकलाई मिनिटेलर वितरण
अर्थ खबर

साना किसान विकास लघुवित्तद्धारा कृषकलाई मिनिटेलर वितरण

पर्वत/ साना किसान विकास लघुवित्त वित्तिय संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पर्वतको पकुवामा मिनि टेलर हलो वितरण गरिएको छ । कुश्मा नगरपालिका ११ पकुवा-सिल्मीअन्तर्गतका ७ वटा टोलमा कृषकहरुको उत्पादनमा सहयोग पु¥याउने उद्देश्यले ७ थान मिनिटेलर वितरण गरिएको छ ।

साना किसान लघुवित्त वित्तिय संस्थाका संचालक सदस्य तथा कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रताप सुबेदीको पहल र स्थानीय साना किसान लघुवित्त सहकारी पकुवा-सिल्मीको व्यवस्थापनमा ती सामाग्री हस्तान्तरण गरिएको हो ।

विज्ञापन

हस्तान्तरण कार्यक्रममा बोल्दै उप महाप्रबन्धक सुबेदीले स्थानीय साधन र स्रोतको उपयोगमार्फत उत्पादनसँग जोडिएर राष्ट्रिय आय बढाउन कृषकहरुलाई आग्रह गर्नुभयो । कृषि उत्पादन बढाएर आफ्नो आय आर्जनमा सुधार गरेमा मात्रै देश स्वरोजगार उन्मुख हुने बताउनुभयो ।

कार्यक्रममा साना किसान लघुवित्त वित्तिय संस्था पोखरा ईलाका प्रबन्धक बिदुर अर्याल, कुश्मा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष शिब प्रसाद पौडेल, वडा सदस्य बाबुराम पौडेल लगायतको उपस्थिती रहेको थियो । पर्वत

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook