• होमपेज
  • एमसीसी पारित गर्न नहुने अडानमा एकीकृत समाजवादी
Breaking News

एमसीसी पारित गर्न नहुने अडानमा एकीकृत समाजवादी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले यथास्थितिमा अमेरिकी परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) सम्झौता अस्वीकार अडाय कायम राख्ने भएको छ ।

आज काठमाडौंमा बसेको एकीकृत समाजवादीको बैठकले यथास्थितिमै एमसीसी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको हो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल, पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्री तथा सांसदको बैठकले यस्तो निर्णय गरेको हो ।

विज्ञापन

बैठकले एमसीसी संसदमा टेबुल भए अस्वीकार गर्ने निष्कर्ष निकालेको छ । अमेरिकाले दिने ४२ अर्ब रुपैयाँभन्दा ठूलो राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थिरता र नेपाली जनताको मनोभावना महत्वपूर्ण भएको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । एमसीसी सम्झौताका सर्तमा परिमार्जन नगरिए यथास्थितिमै पार्टीले अस्वीकार गर्ने उनले बताए । प्रधानमन्त्री शेरबहादुर देउवा सर्वदलीय बैठकमा छलफल गरेर एमसीसी सम्झौता संसदबाट पारित गर्ने रणनीतिमा लागेपछि सत्तारुढ एकीकृत समाजवादीले त्यसलाई अस्वीकार गर्ने निचोड निकालेको हो ।

सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा एमसीसी सम्झौता यथास्थितिमा पारित गर्न नहुने पक्षमा उभिँदै आएका छन् । तर सत्तारुढ नेपाली कांग्रेस पारित गर्नुपर्ने पक्षमा छ ।

जनमोर्चा यथास्थितिमा एमसीसी पारित गर्न नहुने भन्दै विभिन्न समूहले गर्ने आन्दोलनमा समेत सहभागी हुँदै आएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसी यथास्थितिमा पारित गर्न खोजे सत्तारुढ गठबन्धनबाट बाहिरिने चेतावनी समेत दिइसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook