• होमपेज
  • माधव नेपालले भने : वार्ता र सहमतिको भ्रममा नपरौं, पार्टी पूनर्गठनमा लागौं
Breaking News

माधव नेपालले भने : वार्ता र सहमतिको भ्रममा नपरौं, पार्टी पूनर्गठनमा लागौं

काठमाडौं / प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले नयाँ पार्टी दर्ताको प्रक्रिया अघि बढेकोले अब एकताको भ्रममा नपर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । आज राति सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो अपिल गरेका छन् ।

विज्ञापन

उनले लेखेका छन्-‘दक्षिणपन्थी विसर्जनवाद, विकृती, अन्याय र विसंगतिका विरूद्ध विद्रोह गर्दै कम्युनिष्ट आन्दोलन र सॅस्कृतिको रक्षा, मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्य सहित नयॅा कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक पटकका बेइमानी एवम् धोखाधडीको निरन्तरता स्वरूप नै‘वार्ता र सहमती’का भ्रमपूर्ण समाचार सार्वजनिक भएका छन्।अत:यस प्रकारका छलकपटपूर्ण समाचारबाट भ्रममा नपरी हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने काममा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति,न्यायप्रेमी एवम् क्रान्तिकारी जनसमुदायमा अपिल गर्दछु ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook