• होमपेज
  • आँफैले २ पटकसम्म भत्काएको संसदमा ओली-सवा एक घण्टा प्रश्नैप्रश्न, कुण्ठाको वर्षा
Breaking News

आँफैले २ पटकसम्म भत्काएको संसदमा ओली-सवा एक घण्टा प्रश्नैप्रश्न, कुण्ठाको वर्षा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रोपटक पुनःस्थापित प्रतिनिधि सभामा मंगलबार पहिलोपटक सम्बोधन गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिदाँ अन्तिम समयमा संसद् छिरेका ओलीले उनलाई औपचारिक रूपमा बधाई दिएका थिएनन् ।

ओलीले आजको बैठकमा एक घण्टा १५ मिनट बोले । सम्बोधनका क्रममा ओलीले एक महिनासम्म सरकारले काम गर्न नसकेकाले बधाई तथा शुभकामना दिइरहेको भन्दै व्यङ्ग्य हाने । सत्ता गठबन्धन र संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममाथि ओलीले लामो समय खर्चिए ।

विज्ञापन

उनले कार्यक्रमको बुँदाबुँदामा प्रश्नैप्रश्नको वर्षा नै गरे । बैठकमा ओलीले साझा कार्यक्रम संसद्मा प्रस्तुत नगरेर अन्यत्रै सार्वजनिक गरेकोमा कटाक्षसहितको व्यङ्ग्य समेत गर्न भ्याए । उनले सरकारमा नरहेका नेताहरूको अनुहार फोटोमा देखाउन छुट्टै कार्यक्रममा सार्वजनिक गरेको आरोप समेत लगाए ।

देउवालाई कटाक्ष– भोटोको फेर समातेर नाच्दानाच्दै जाने भोे समय
ओलीले प्रधानमन्त्री देउवालाई बधाई लिएर नै एक महिनाको समय खेर गएको आरोप लगाए । अझै शुभकामनाको लहर १४–१५ महिना चल्ने भन्दै उनले कटाक्ष पनि गरे । ओलीले गठबन्धनका नेताहरू केटाकेटीहरूले दसैँमा आगनमा नाचेजस्तै गरिरहेको भन्दै व्यङ्ग्य गरे ।

ओलीले भने, “भोटोको फेर समातेर नाच्दानाच्दै जाने भो तपाईंहरूको समय, माया लाग्छ ।”

साझा कार्यक्रममाथि प्रश्नैप्रश्न
ओलीले सरकारको साझा कार्यक्रममा नेपाली कांग्रेसको अनुहार नदेखिएको भन्दै टिप्पणी गरे । ‘पोलिसी सिफ्ट’ भन्दै कटाक्ष गरेका ओलीले साना–मसिना कामको कुरा मात्रै कार्यक्रममा समेटिएको विश्लेषण गरे ।

उनले साझा कार्यक्रममा समावेश कोभिड–१९ विरुद्धको निशुल्क खोेप दिइने विषयमा यो सरकारबाट निःशुल्क दिन लागेको हो र भन्दै प्रश्न उठाएका थिए ।

उनले छिमेकीहरूसँगको सीमा समस्या समाधान गर्ने भन्ने बुँदा राखेर गठबन्धन डराएको टिप्पणी गरे । वार्तामार्फत् भूमि फिर्ता ल्याउन उनको आग्रह थियो ।

“लिम्पिायाधुरा कालापानी समस्या हो रु समस्या होइन । त्यो पवित्र भूमि हाम्रो हो । त्यो फिर्ता लिनुस्,” उनले भने “कति सारो डराएको यो सरकार भन्या । डराउनुको हद हुन्छ नि । जिब्रो पनि रगत आइसक्यो होला चपाउँदा चपाउँदा ।”

ओलील भष्ट्राचारका दोषीविरुद्ध कारबाही गर्ने साझा कार्यक्रममा उल्लेखित विषयले क्यान्टोनमेन्टको छानबिन गर्न सुझाए ।

“भ्रष्टाचारविरुद्धको कारबाही गर्छु भन्नुभएको छ । कारबाही थाल्ने भनेर खुसी लाग्यो । क्यान्टोनमेन्टको कुरा उठेको छ । यत्रो गठबन्धनको सरकारकाले छानबिन गरेर जवाफ दिनेछ,ू उनले भने । ओलीले ललिता निवास, मातातिर्थ लगायतका क्षेत्रको विषयमा पनि छानबिन गर्न चुनौती दिए ।

गठबन्धनको साझा कार्यक्रममा द्वन्द्व पीडितलाई सम्मान गर्ने विषय उल्लेख भएकोबारे उनले पीडितलाई न्याय दिन सुझाए । उनले पीडितहरूको उपचार गर्न नसके एमालेको पार्टी कार्यालयमा पठाइदिनु भन्दै कटाक्ष पनि गरे ।

साझा कार्यक्रममाथि नै समय खर्चिएका ओलीले द्वन्द्व पीडितलाई सम्मान नभएर न्याय दिन आग्रह गरे । उनले सरकारले उपचार गर्न नसके पार्टी कार्यालयमा पठाइदिनु भन्दै कटाक्ष गरे ।

“द्वन्द्व पीडितलाई न्याय दिनुस् । द्वन्द्वन्त पीडितका घाइतेको उपचार गराउँछु भन्नुस् न । शरीरमा गोली भएकाहरूको गोली निकाल्छु भन्नुस् न,” ओलीले भने “यदि सरकार सक्दैन भने नेकपा एमालेको कार्यालय थापाथलीमा छ अहिले त्यहाँ पठाइदिनुस् । म गर्छु । न्याय दिनुस् ।”

ओलीले गठबन्धनमा रहेको पाँचौँ दल कुन हो भन्दै प्रश्न पनि गरे ।

ओलीले सम्झाए एमसीसी सम्झौता
साझा कार्यक्रममा अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०को विषयबारे उल्ल्ेख नभएको भन्दै त्यसबारे ओलीले प्रश्न उठाए । “एमसीसीको बारेमा साझा न्यूनतम कार्यक्रममा केही छैन । एमसीसी बिर्सिनुभो कि क्या हो रु,” उनले सोधे,“ प्रधानमन्त्रीज्यू, के गर्नुहुन्छ एमसीसी तपाईँ ?”

उनले आफूले एमसीसीबारे पहिले बोलेका भिडियो खोतलेर एमसीसीबारे वातावरण बिगार्न खोजेको आरोप पनि लगाए । एमसीसी संसद्मा विचाराधीन भएको भन्दै त्यसबारे आफ्नो धाराण दिन प्रधानमन्त्रीलाई उनको आग्रह थियो ।

सुकुम्बासी आयोग खारेज गरेकोमा आक्रोश
ओलीले सरकारले सुकुम्बासी आयोग खारेज गरेकोमा आक्रोश पोखे । सुकुम्बासी आयोग खारेज गरेर सुकुम्बासीको घाँटी मोस्ने काम भएको उनको भनाइ थियो ।

त्यस्तै कर्मचारीलाई राजीनामा गर्न दबाव दिएको भन्दै उनले आक्रोश पनि पोखे । कर्मचारीलाई हटाएर गठबन्धनका व्यक्ति राख्न खोजिएको उनको आरोप थियो ।

‘भत्काइदेऊ ओली याद आउने सबै चिजहरू’
ओलीले साझा न्यूनतम कार्यक्रमको प्रमुख उद्देश्य आफू नेतृत्वको सरकारको पालामा गरेका काम मेटाउने भएको दाबी गरे ।

ओलीले एकजनाले कविता लेखेको र गाउन थालिएको भन्दै सुनाए, “भत्काइदेऊ धरहरा, पुरिदेऊ रानीपोखरी, टालिदेऊ सुरुङका प्वाँलहरू, भत्काइदेऊ बाटा र पुलहरू, ओली याद आउने सबै चिजहरू । यो सरकारको यही नीति–कार्यक्रम त ?”

ओलीले सोमबारको केन्द्रीय कमिटी बैठकमा पनि उक्त गीत सुनाएको नेताहरू बताउँछन् ।

देउवालाई नमस्कार गर्दै भने – प्लिज १ मन्त्री बनाउनुस्
ओलीले भाषणका क्रममा आफ्ना पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूलाई लक्षित गर्दै केही एमालेका नेताहरूलाई मन्त्री बनाइदिन प्रधानमन्त्री देउवालाई व्यङ्ग्यात्मक शैलीमा अनुरोध समेत गरे ।

भाषणको अन्तिममा ओलीले मन्त्री बनाउन बिलम्व नगर्न आग्रह पनि गरे ।

“सम्मानीयज्यू, मेरा पार्टीका केही मान्छेहरू केही पाउँला र खाउँला भनेर तपाईंका पछि कुदेका छन् । सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँहरूलाई मन्त्री दिनुस् न । किन बिलम्व गर्नुभएको रु विचराहरू १ मन्त्री खानका लागि हिरिक्क, हिरिक्क भएका छन् । प्लिज १,” देउवालाई नमस्कार गर्दै भने, “पछिपछि कुदेका छन्, मन्त्री खान पाउँ भनेका छन् । बिहान बेलुका चाकडीमा हाजिर भएका छन् । मन्त्री दिनस् । मेरो दलमा अलिकति घाटा भए पनि सहुँला बुझौँला ।”

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook