• होमपेज
  • सबै जमिन सरकारले किन्नुपर्छ, सुकुम्बासीलाई दिने होइन : बामदेव गौतम
Breaking News

सबै जमिन सरकारले किन्नुपर्छ, सुकुम्बासीलाई दिने होइन : बामदेव गौतम

काठमाडौं : नेकपा एमालेका नेता तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले भूमिसुधार लागू गरेर भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्। आइतबारको राष्ट्रियसभाको बैठकमा बोल्दै नेता गौतमले भूमिहीन र सुकुम्बासी समस्याको समाधान विकल्पमा जानुपर्ने समेत बताए।

नेता नेपालले व्यक्तिगत जमिन सरकारले खरिद गरेर भूमि उपयोगको नीति बनाउनुपर्ने बताए । उनले भने,’ जमिन राज्यले किन्नुपर्छ। अब नेपालको कृषिभूमि त्यो एक टुक्रा जमिनदारी भूमि छैन। त्यो सबै अनेक अनेक हिसाबले कमाएर रगत पसिनाले कमाएको पैसाबाट खरिद गरेको जमिन छ। त्यो जमिनलाई चलन चल्तीको भाउमा सरकारले खरिद गर्ने र अनि त्यसलाई लिजमा दिने। कहानिर कसरी उपयोग गर्ने हो भन्ने ठाउँमा हामी नजाँदासम्म हामीले जमिनको सदुपयोग गर्न पनि सक्दैनौं। ‘

विज्ञापन

जग्गामा व्यक्तिगत स्वामित्व कायम रहेसम्म भूमिहीन बन्ने प्रक्रिया जारी रहने उनको भनाइ छ। उनले भने, ‘ जबसम्म जमिनमाथिको व्यक्तिगत स्वामित्व कायम हुन्छ। सुकुम्बासी बन्ने प्रक्रिया त्यहीबाट हुन्छ। त्यसैले सामाजिक न्यायको सिद्धान्त अवलम्बन गरेर पहिले भूमिसुधार लागौं गरौं।’

भूमि उपयोगको लागि कानुन बने पनि कार्यान्वयन नभएको भन्दै उनले आपत्ति जनाए । ‘हाम्रो देशमा कृषिभूमि जम्मा २६ लाख हेक्टर छ। तर, त्यो कृषि भूमिको ४ करोड टुक्रा भइसकेको छ। त्यो चार करोड टुक्रामा तपाईले कसरी कृषि उत्पदान गर्नुहुन्छ। जबसम्म अत्यधुनिक प्रविधि प्रयोग गरेर त्यसलाई उत्पादनमा लैजान सकिदैन। तबसम्म हामी कृषिमा आत्मनिभर हुँदैनौं, बाहिर पठाउने त कुरै छैन,’उनले भने।

२०५१ सालमा तत्कालीन सरकारले सुकुम्बासी आयोग बनाएको तर त्यतिबेलाका २० लाख घरबारविहीन भएकामध्ये दुई लाखलाई मात्रै जमिन वितरण गरेको गौतमले बताए । ‘५१ सालदेखि आजसम्मको अवधिमा आयोगहरूले समस्या समाधान गर्न सकेनन् । यो बाटो अवैज्ञानिक छ । भूमि आयोग विघटन भएकोमा आन्दोलन गर्दैछौं । नयाँ भूमि आयोग बनाउने तयारी गर्दैछौं । त्यो भूमि आयोगले कति काम गरेको छ त्यसको समीक्षा गर्नुपर्छ,’ उनले भने ।

उनले भूमिहीनका लागि बनेका आयोगले काम गर्न नसकेको भन्दै आपत्ती जनाए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook