• होमपेज
  • एकताको नाउँमा केपी ओलीले अलमल्याउन खाेजेको माधव नेपालकाे आशङ्का
Breaking News

एकताको नाउँमा केपी ओलीले अलमल्याउन खाेजेको माधव नेपालकाे आशङ्का

पार्टीको सदस्यता नवीकरण गर्नेलगायतका साङ्गठनिक गतिविधि तत्काल रोक्न अध्यक्ष ओलीसँग माग गरेको हो ।

पार्टी एकतालाई भाँजो हाल्ने भएकाले पार्टीको सदस्यता नवीकरणलगायतका सबै खालको साङ्गठनिक गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराइएको नेता रघुजी पन्तले जानकारी दिनुभयो । बैठकले पार्टी एकताका लागि आवश्यक निर्णय लिने जिम्मेवारी आफू पक्षका स्थायी कमिटीका नेताहरूलाई दिने निर्णय पनि गरेको छ ।

विज्ञापन

नेता पन्तले भन्नुभयो, ‘पार्टी एकताका लागि कुराकानी र वार्ता चलिरहेका बेला एक पक्षीय ढङ्गले सदस्यता नवीकरण, अधिवेशन र पुनर्गठन जस्ता काम अघि बढाइनुले एकतालाई भाँजो हाल्ने काम हुन्छ । त्यसैले तत्काल सदस्यता नवीकरण जस्ता सबै साङ्गठनिक गतिविधि रोक्न यो बैठक सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गर्दछ ।’

बैठकमा नेपाल पक्षका केन्द्रीय सदस्यहरूले पार्टी एकतामै जोड दिएका थिए । त्यसको जवाफ दिने क्रममा वरिष्ठ नेता नेपालले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताउनुभएको थियो । उहाँले आफूले पार्टी एकताकै पक्षमा जोड दिन चाहेको उल्लेख गर्दै त्यही ढङ्गले आफ्नो मनोबल र उत्साहलाई कामय राख्दै पार्टी एकताको प्रयत्नलाई जारी राख्न पनि आफू पक्षका केन्द्रीय सदस्यहरूलाई आग्रह गर्नुभयो ।

नेता नेपालले बैठकमा अध्यक्ष ओलीले आफूहरूलाई अलमलाउन खोजेको हो कि ? भन्ने आशङ्कासमेत व्यक्त गर्नुभएको नेता पन्तले बताउनुभयो । वरिष्ठ नेता नेपालको भनाइ उद्धृत गर्दै नेता पन्तले भन्नुभयो, ‘केपी ओलीले जति नै गाली गरे पनि आफू पार्टी एकताबद्ध होस् भन्ने पक्षमा छु । एकताका लागि मेरो प्रयत्न जारी छ । पार्टी एकतामा जोड दिन चाहन्छु ।’

माधव नेपाल पक्षले १० बुँदे सहमतिलाई पार्टी एकताको आधार भएको उल्लेख गर्दै थप आधार तयार पार्न सजगताका साथ अध्यक्ष ओली पक्षसँगको वार्तालाई निरन्तरता दिनुपर्ने आवश्यक्ता समेत औँल्याएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook