• होमपेज
  • बालुवाटारमा गठबन्धनको बैठक जारी, माधव नेपाल पनि उपस्थित
Breaking News

बालुवाटारमा गठबन्धनको बैठक जारी, माधव नेपाल पनि उपस्थित

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनमन शिर्ष नेताहरुबीच बैठक जारी रहेको छ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँगै प्रधानमन्त्री शेरबहादुर देउवा रहेका छन् ।

विज्ञापन

अपुरो मन्त्रिपरिषद् विस्तार के कसरी गर्ने भन्ने सन्दर्भमा गठबन्धनको बैठक जारी रहेको छ । सरकारमा तत्काल सहभागी नहुने बताउने नेपाल पनि उक्त बैठकमा उपस्थित छन् । जस्लाई अर्थपूर्ण ढंगले हेरिएको छ ।

देउवा प्रधानमन्त्री भएपछि पहिलोचोटी बालुवाटारमा गठबन्धनको बैठकमा नेपाल सहभागी भएका छन्।

निवर्तमान प्रधानमन्त्री एवं आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले असंवैधानिक ढंगले संसद् विघटन गरेपछि प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री बनाउन विपक्षी गठबन्धनसहित नेपाल समूहका सांसदले पनि सर्वाेच्च अदालतलाई पठाइएको रिट निवेदनमा हस्ताक्षर गरेका थिए । पछि सर्वाेच्च अदालतले प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।

साउन ३ गते संसद्मा प्रधानमन्त्री देउवाले विश्वासको मत लिएका थिए । उनले एमालेबाट २२ जना सांसदको विश्वासको मत पाएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook