• होमपेज
  • भष्मासुर प्रवृत्तीलाई विदाई ग¥यौं संबिधानवादको जित भयो-डा. भट्टराई
Breaking News

भष्मासुर प्रवृत्तीलाई विदाई ग¥यौं संबिधानवादको जित भयो-डा. भट्टराई

सङ्घीय समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले पुस ५ पछिका सबै परिघटनाहरू ठूलो अपराध भएको बताएका छन् । आइतबार शेरबहादुर देउवालाई विश्वासको मत दिने सन्दर्भमा आफ्नो भनाइ राख्दै अध्यक्ष भट्टराईले पुस ५ पछिका घटनालाई ठूलो अपराधको संज्ञा दिएका हुन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुवातदेखि नै असङ्गत क्रियाकलाप गरेको भन्दै पुस ५ गतेपछिका परिघटनाहरू ठूलो अपराध भएको आरोप लगाएका हुन् । डा। भट्टराईले अदालतको फैसलालाई स्वागत गर्दै संविधान बनाउनेले बिर्सेको र बुझ पचाएको कुरा अदालतले सुन्दर ढङ्गले सम्झाइदिएको बताएका हुन् । देश दुर्घटनाको नजिकै पुगेको बेला अदालतले बचाइदिएको भन्दै संसद् बचाउने सन्दर्भमा अदालतको भूमिका अहम् भएको बताएका हुन् ।

विज्ञापन

भट्टराईले अभागीलाई खाने बेलामा रिस उठ्ने भन्दै अध्यक्ष महन्थ ठाकुरलाई व्यङ्ग्य गरेका छन् । प्रतिनिधिसभा बैठकलाई सम्बोधनका क्रममा महन्थ ठाकुरलाई ब्यंग्य गर्दै भने, ‘जनता समाजवादी पार्टी, एकढिक्का, एक मत र एक बिचार रहेको भए यति दुःख भोग्नै पर्दैनथ्यो । अरु पार्टीभित्र पनि विग्रह आउँदैनथ्यो । जसपा आफैले निकास दिन सक्थ्यो । तर हामीलाई खाने बेलामा रिस उठ्यो ।’

उनले पार्टीभित्र आपसमा झगडा हुन थाल्नु बिडम्बडापूर्ण भएको भन्दै अहिले फेरि अन्तिम समयमा देउवालाई विश्वासको मत लिन लागेको सुन्दा खुसी लागेको बताए । उनले अब आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

यसअघि भट्टराईले पार्टीको महन्थ ठाकुर पक्ष बिनै बसेको बैठकले सर्वसम्मत रुपमा देउवालाई समर्थन गर्ने निर्णय गरेको पनि सदनलाई जानकारी गराएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook