• होमपेज
  • नेप्सेमा उच्च अंकले बृद्धि : ७९ अंकले बढ्दा १० अर्ब २८ करोडको सेयर खरिद बिक्री
अर्थ खबर

नेप्सेमा उच्च अंकले बृद्धि : ७९ अंकले बढ्दा १० अर्ब २८ करोडको सेयर खरिद बिक्री

काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज मंगलबार ७९ दसमलव ४४ अंकले बढेर २९ सय १३ दसमलव ८४ बिन्दुमा चढ्दा सेन्सिटिभ पनि १६ दसमलव १९ अंकले बढेर पाँच सय ३६ दसमलव ३४ बिन्दुमा चढेको छ ।

दुई सय २५ वटा कम्पनीहरुको एक लाख १२ हजार ५० पटकको कारोवारामा एक करोड ९७ लाख ७० हजार छ सय ३८ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम १० अर्ब २८ करोड ६२ लाख ६९ हजार नौ सय ५७ रुपैयाँ पुगेको छ ।

विज्ञापन

आज १३ वटा समुहको कारोवार हुंदा सबै समुहको सुचक बढेर नेप्सेमा हरियाली आएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४४ दसमलव ३१ अंकले बढेर १९ सय ४५ दसमलव ४३ अंकमा बिन्दुमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि एक सय ५० दसमलव एक अंकले बढेर २८ सय ९० दसमलव ९२ बिन्दुमा चढेको छ ।

यसैगरी बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको अपी पावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर चार सय २९ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको गोर्खाज फाईनान्सको प्रतिकित्ता सेयर मुल्य भने तीन दसमलव १७ प्रतिसतले घटेर १२ सय २० रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल पुर्नबीमा कम्पनीको प्रतिकित्ता १७ सय ७८ रुपैयाँ अन्तिम मुल्यमा एक अर्ब ४९ करोड २४ लाख ३५ हजार पाँच सय ६९ रुपैयाँको कारोवार भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook