• होमपेज
  • दुई जलविद्युत् आयोजनाका लागि ९७ अर्ब बराबरको लगानी स्वीकृति
अर्थ खबर

दुई जलविद्युत् आयोजनाका लागि ९७ अर्ब बराबरको लगानी स्वीकृति

लगानी बोर्डले दुई जलविद्युत् आयोजनाका लागि ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।  मंगलबार बसेको बोर्डको ४७औँ बैठकले तमोर जलविद्युत् परियोजना र तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् परियोजनाका लागि लगानी स्वीकृत गरेको हो।

तमोर २८५ मेगावाट क्षमताको परियोजना हो भने तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् परियोजना १३९.२ मेगावाट क्षमताको हो।

विज्ञापन

बैठकले संखुवासभामा निर्माण हुने ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि सर्वेक्षण अनुमति–पत्र जारी गर्न परियोजना विकासकर्ता एसजेभीएन लिमिटेड भारतसँग गरिने समझदारीपत्रको मस्यौदा स्वीकृत पनि गरेको छ।

त्यसैगरी, बैठकमा तमोर जलाशययुक्त जलविद्युत् परियोजना (७५६ मेगावाट)को सर्वेक्षण अनुमति प्रदान गर्ने सम्बन्धमा देखिएका अस्पष्टतालाई सम्बोधन गरी आवश्यक कानून सुधार गर्न ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिने निर्णय समेत गरेको छ।

साथै, बैठकले पश्चिम सेती र एसआर–६ संयुक्त जलविद्युत् परियोजनाको विकास तथा लगानीको खाका तयार गर्न अध्ययन गरी बोर्ड समक्ष सिफारिश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा समिति गठन गरेको छ।

यसैगरी, बैठकले अरुण–३ जलविद्युत् परियोजना प्रवेशमार्ग अन्तर्गत छ्याङ्कुटी–दिदिङ खण्डमा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउने आवश्यक प्रक्रिया अगाडि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook