• होमपेज
  • कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने माधव पक्षका ४ सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश
Breaking News

कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने माधव पक्षका ४ सांसदलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कर्णाली प्रदेशका  एमालेका  चार प्रदेशसभा सदस्यलाई पुनर्बहाली गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रदेशसभा सदस्यहरु एमालेको माधव नेपाल पक्षका सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई  पुनर्बहाली गरेको हो ।

उनीहरुलाई निष्कासन गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय र त्यसका आधारमा प्रदेशसभा सचिवालयले गरेको निर्णय कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको हो ।

विज्ञापन

बैशाख ३ गते माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई पार्टी ह्वीप उल्लंघन गरी विश्वासको मत दिएका थिए । फ्लोर क्रस गरेपछि  ज्वाला, बुढा, थापा र शाहीलाई एमालेको सिफारिसमा सभामुखले पदमुक्त गरेका थिए । सर्वोच्चको उक्त आदेशसँग मन्त्रीसमेत रहेका बुढा, थापा र शाहीलाई राहत मिलेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook