• होमपेज
  • चन्द्रागिरि हिल्स १८ करोड नोक्सानमा, सेयर मूल्यमा भारी गिरावट
अर्थ/वाणिज्य

चन्द्रागिरि हिल्स १८ करोड नोक्सानमा, सेयर मूल्यमा भारी गिरावट

केही दिनअघिसम्म सेयर मूल्य उचालिँदै गएको चन्द्रागिरि हिल्स कम्पनीले १८ करोड ११ लाख रुपैयाँ खुद नोक्सानी ब्यहोरेको छ।

कम्पनीले यस आर्थिक वर्षको ९ महिनामा अर्थात प्रकाशित तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार सो नोक्सानी ब्यहोरेको हो। गत आर्थिक वर्ष यसै अवधिमा कम्पनीले २ करोड १८ लाख रुपैयाँ नोक्सानी ब्यहोरेकोमा अहिले १६ करोडले बढेको हो।

विज्ञापन

कम्पनीले केबलकार संचालनबाट ९ महिनामा कुल १७ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ। संचालन तथा प्रशासनिक खर्च बढी भएपछि कम्पनीको नोक्सानी बढेको हो।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ छ। जगेडा कोष ३२ करोड नोक्सानमा छ। त्यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ८१ पैसा ऋणात्मक छ। प्रतिसेयर नेटवर्थ ७९ रुपैयाँ ९ पैसा मात्रै छ।

कम्पनीको वित्तीय स्थिति नाजुक देखिए पनि बजारमा भने मूल्य उच्च छ। सोमबार १ बजेसम्म कम्पनीको मूल्य ७ प्रतिशतले घटेको छ।

यो समयसम्म १७९ रुपैयाँ प्रतिकित्ता मूल्य घटेर २२३० रुपैयाँ आसपासमा कारोबार भएको छ। यो कम्पनी होटल तथा पर्यटन समूहमा आवद्ध छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook