• होमपेज
  • केपी ओली गुटको मात्रै अध्यक्ष हुन, उनकाे कारवाहीकाे अर्थ छैन :माधव नेपाल
Breaking News

केपी ओली गुटको मात्रै अध्यक्ष हुन, उनकाे कारवाहीकाे अर्थ छैन :माधव नेपाल

काठमाण्डाैँ।  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली गुटको मात्र अध्यक्ष भएको दावी गरेका छन्। उनले आफुलाई हटाउने अधिकार अध्यक्ष ओलीलाई नभएको स्पष्ट पारेका छन्। प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र एमाले उपाध्यक्ष भिम रावललाई साधरणसदस्यसमेत नरहने गरी ६ महिनाका लागी निलम्बन गरेको जानकारी दिँदै ओलीले पत्र पठाएपछि उनको यस्तो धारणा आएको हो। ‘ओलीलाई मलाई हटाउने कुनै अधिकार छैन,यसबारेमा मलाई जानकारी पनि छैन। ओली एमालेको अध्यक्ष नै होइनन।’ नेता नेपालले भने। पुर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले तपाईलाई एमालेबाट निष्काशन गरिएको हो भन्ने प्रश्नमा उनले भने- ‘कुन पार्टीबाट?, ओलीको पार्टीबाट?’ नेता नेपालले ओली अहिले गुटको अध्यक्ष भएको र उनले पार्टीको अधिकार प्रयोग गर्न नसक्ने दावी गरे । केन्द्रिय कमिटी नै विघटन गरेका व्यक्तिले कार्वाहीको हल्ला फैलाउनुको कुनै अर्थ नहुने उनले बताए। गुटको अध्यक्षले पार्टीको अधिकार प्रयोग गर्न नसक्ने हुंदा कारवाही वा निलम्बनको कुनै अर्थ नहुने नेपालको भनाई छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै