• होमपेज
  • माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक
Breaking News

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । स्थायी कमिटी सदस्य लीलामणि पोखरेलका अनुसार मंगलबार बिहान साढे ८ बजे पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बोलाइएको छ ।

बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार गठनका विषयमा छलफल गर्ने बताइएको छ । सर्वोच्च अदालतले एकीकृत पार्टी नेकपा अवैधानिक रहेको भन्दै २३ फागुनमा एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा रहेको फैसला सुनाएपछि दुई दल अलग–अलग भएका छन् ।

विज्ञापन

अलग भएपछि माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आग्रह गर्दै आएको छ । तर, समर्थन भने फिर्ता लिएको छैन ।

यसअघि ५ पुसमा प्रधानमन्त्री ओलीले संसद् विघटन गराएपछि माओवादी केन्द्र र एमालेको माधव नेपाल खेमाका मन्त्रीहरूले राजीनामा दिएका थिए । राजीनामा नदिएकासहित थप माओवादी नेताहरूलाई पछि ओलीले मन्त्री बनाएका थिए भने पार्टीको जिम्मेवारीसमेत तोकेका छन् । नयाँ सरकार गठनको प्रयास गरिरहेको माओवादी केन्द्रले सोमबार बोलाएको बैठकमा यसै विषयमा छलफल हुने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook