• होमपेज
  • पार्टीलाई कम्पनी बनाउनेविरुद्ध अभिमत व्यक्त भयो: भट्टराई
Breaking News

पार्टीलाई कम्पनी बनाउनेविरुद्ध अभिमत व्यक्त भयो: भट्टराई

काठमाडौं । नेकपा एमाले माधव पक्षका नेता योगेश भट्टराईले पार्टीलाई निजी कम्पनीमा परिणत गर्ने प्रयास विरुद्ध राष्ट्रिय भेलाले महत्वपूर्ण योगदान गरेको बताएका छन् ।

राष्ट्रिय कार्यकर्ता भेलाबारे विज्ञप्ती जारी गर्दै भट्टराईले एमालेलाई कम्पनीमा रुपान्तरण गर्ने प्रयासविरुद्ध भेलामार्फत अभिमत व्यक्त भएको उल्लेख गरेका हुन् ।

विज्ञापन

विज्ञप्तीमा राष्ट्रिय भेलाको पहिलो दिनको समिक्षा गरिएको छ । भेलामा प्रस्तुत गरिएको नौ पृष्ठ लामो प्रतिवेदनमा ‘पार्टीमा स्वेच्छाचारिता, व्यक्तिवाद, एकाधिकारवाद र दक्षिणपन्थी प्रवृत्ति हुर्किएका कारण अहिलेको अवस्था उत्पन्न भएकाले तिनका विरुद्धमा दृढतापूर्वक लड्नुबाहेक अरु कुनै उपाय नभएको’ उल्लेख छ ।

प्रतिवेदनउपर विभिन्न १० समूहमा छलफल गरेर भोली समूह नेतामार्फत प्रस्तुत गरिने विज्ञप्तीमा जनाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook