• होमपेज
  • विप्लवका कार्यकर्ता भन्छन्– जनक्रान्ति फेरि गरिन्छ
राजनीति

विप्लवका कार्यकर्ता भन्छन्– जनक्रान्ति फेरि गरिन्छ

गुल्मी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले   शीर्ष तहका नेताहरु पक्राउ परी थुनामा रहेकाले पार्टीप्रति जनाधार घट्दै गएको र सरकार पनि समस्यामा परेका कारण आफ्नो पार्टी वार्ताद्वारा शान्तिपूर्ण राजनीतिमा गएको तर जनाधार बढेपछि फेरि जनक्रान्ति सुरु गरिने बताएका छन् ।

सो पार्टीका गुल्मी जिल्ला सचिवालय सदस्य पूर्णबहादुर तरामुले फेरि जनक्रान्तिमा जानुपर्ने परिस्थिति निर्माण हुनसक्ने बताएका हुन् । सोही कारण अहिले आफूहरुले राज्यलाई हतियार नबुझाएको उनको भनाइ छ ।

विज्ञापन

जिल्ला अदालत, जिल्ला प्रशासन र उच्च अदालतमा समेत एक–एक वर्ष मुद्दा खेपेका उनी दुई पटक गरी १६ दिन प्रहरी हिरासतमा बसेका थिए । तरामु २०५६ सालदेखि आफू माओवादी जनयुद्धमा लागेको बताउँछन् ।

गुल्मीको सत्यवती गाउँपालिका–३ ठुलोलुम्पेक घर भएका उनले प्रचण्डले जनयुद्धको एजेण्डा छाडेर संसदीय व्यवस्थामा गएपछि आफू विप्लवको पार्टीमा सामेल भएको बताए । पछिल्लो चरण निश्कृय रहेका उनले यतिबेला भने विप्लवका पक्षमा खुलेर बोले ।

नले जिल्लाको नेतृत्वले ठेक्का पट्टामा लाखौँ कमिशन खाएर पार्टीलाई थोरै रकम देखाएकोमा आफू असन्तुष्ट भएर केही समय निश्कृय रहनु परेको सुनाए ।

उनका अनुसार एक सडक स्तरोन्नतीको ठेक्का एउटा ठेकेदारबाट खोसेर अर्को ठेकेदारलाई सुम्पिएबापत ३० लाख रुपैयाँ प्राप्त भए पनि पार्टीमा जम्मा १० लाख  रुपैयाँमात्रै देखाइएको र पछि पार्टीले छानविन समिति गठन गर्दा पार्टी इन्चार्ज र सेक्रेटरीले १२ लाख पार्टीमा खर्च भएको र बाँकी रकम अर्को एकजनालाई राख्न दिएको बताएको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook