• होमपेज
  • सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकियो
Breaking News

सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकियो

सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सीमित भएको बताइएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार आजको वार्ता सम्पन्न भएको र वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराएका छन् ।
यसबारे विस्तृत विवरण आइसकेको छैन ।

वार्तामा सरकारी पक्षबाट गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको सहभागिता रहेको थियो भने विप्लव समूहबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ सहभागी थिए । सरकारले हिजोमात्र गृहमन्त्रीको संयोजकत्वमा वार्ता समिति बनाएपछि विप्लवले पनि प्रकाण्डको संयोजकत्वमा वार्ता समिति घोषणा गरेका थिए । सोपछि वार्ता टोली मंगलबार नै काठमाडौँ आइपुगेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook