• होमपेज
  • संविधानमै संसद् विघटन नहुने स्पष्ट व्यवस्था छ, संवैधानिक सर्वोच्चताको लागि एक होऔँ : सापकोटा
Breaking News

संविधानमै संसद् विघटन नहुने स्पष्ट व्यवस्था छ, संवैधानिक सर्वोच्चताको लागि एक होऔँ : सापकोटा

काठमाण्डाै – विघटित प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले पुस १७ गतेभित्र सङ्घीय संसद्को सातौँ अधिवेशन सुरु गर्न गृहकार्य भइरहँदा अप्रत्याशित रूपमा प्रतिनिधि सभामाथि अवरोध सिर्जना गरिएकोमा सिङ्गो प्रतिनिधि सभा र आफू मर्माहत भएको बताउनुभएको छ ।

बुधबार (आज) विज्ञप्तिमार्फत सापकोटाले संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था रहेकाे पनि स्मरण गराउनुभएको छ ।

सापकोटाले संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा प्रतिनिधि सभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य पनि उल्लेख गर्नुभएको छ ।

विज्ञापन

विज्ञप्तिमा भनिएको छ, ‘सात दशकयताका विभिन्न आन्दोलनको जगमा संविधान सभामार्फत् जनताका प्रतिनिधिले बनाएको संविधानको पालना सिङ्गो मुलुकको प्रमुख कार्यभार हो । संविधानको रक्षार्थ पुनः एक पटक राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारीको आवश्यकता अझ बढेर गएको छ । साथै, संवैधानिक सर्वोच्चताका लागि माननीय सदस्यहरू, राजनैतिक दल, नागरिक समाज, कानुन व्यवसायी, बुद्धिजीवी, सञ्चार जगत तथा सम्बद्ध सबै पक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने बेला आएको छ ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook