• होमपेज
  • पौडेलको गिरफ्तारी सर्वसत्तावादको संकेत : देउवा
Breaking News

पौडेलको गिरफ्तारी सर्वसत्तावादको संकेत : देउवा

काठमाडौँ – वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरेकोप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले कडा आपत्ति जनाएका छन्।

बुधबार दिउँसो तनहुँमा पौडेललाई नियन्त्रणमा लिएको घटनालाई देउवाले सर्वसक्तावादको संकेत भएको दाबी गर्दै यस्तो गतिविधि नगर्न चेतवनी दिएका छन्।

विज्ञापन

देउवाले पौडेललाई तुरुन्त रिहा गर्न अन्यथा आउन सक्ने जस्तो सुकै परिणामका लागि तयार रहन सरकारलाई चेतावनी दिएका छन्। सभापति देउवाले घटनाको कांग्रेसले देशव्यापी प्रतिरोध गर्ने घोषणासमेत गरेका छन्।

‘घटना आपत्तिजनक एवं निन्दनीय। सरकारको प्रवृत्ति विरुद्ध देशब्यापी प्रतिरोध गरिनेछ, देउवाले अगाडि भनेका छन्, ‘सरकारको यो निन्दनीय ब्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु।’

देउवाले उपभोक्ता समितिमार्फत कांग्रेसकै पालामा निर्माण भएको सडक उद्घाटन गर्न नदिनु आपत्ति जनक भएको उल्लेख गरेका छन्।

उनले जारी गरेका विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटना प्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिस्टलाई पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर शसक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु।’

त्यस्तै नेता प्रकाशमान सिंहले पनिघटनाको निन्दा गरेका छन्। सिंहले भनेका छन्, ‘पञ्चायत र राजाको प्रत्यक्ष शासनकाल बिर्साउने गरी प्रमुख प्रतिपक्षी दलको वरिष्ठ नेतामाथिनै धरपकड शुरु गरेर सरकारले आफ्नो अन्त्यको दिनको गणना शुरु गरेको छ।’

बुधबार तनहुँको ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा निर्माण भएको पुलको उद्घाटन गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेर नेता पौडेलल नियन्त्रणमा लिएको थियो।

उद्घाटनको विषयलाई लिएर नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप हुने स्थिति भएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञाकै समयमा पौडेल उद्घाटन गर्न गएपछि सरकारको निर्देशनमा उनलाई पक्राउ गरिएको हो। पौडेललाई साँझ ५ः३० बजेसम्म रिहा गरिएको छैन।A

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook