• होमपेज
  • सवारी दुर्घटनामा युवकको मृत्यु
गण्डकी प्रदेश

सवारी दुर्घटनामा युवकको मृत्यु

बागलुङ, मुस्ताङको थासाङ गाउँपालिका वडा नं. १ टुकुचेमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । टुकुचेस्थित बेनी–जोमसोम सडकमा पार्किङ गरेर राखेको काठमाण्डौ जाँदै गरेको बा ३ ख ९६६५ नम्बरको घोडाघोडी यातायात प्रालिको बस र कोवाङबाट जोमसोमतर्फ जाँदै गरेको बा ३९ प ७२८० नम्बरको मोटरसाइकल सडक क्रस गर्नेमा अचानक ठोक्किदा दुर्घटना भएको थयो ।

दुर्घटनामा परि मुस्ताङको घरपझोङ गाउँपालिका वडा नं. ४ बस्ने १८ वर्षिय बिनोद सुनारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । प्रहरीका अनुसार, बस र मोटरसाईकल सडक क्रस गर्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकल पछि बसेका सुनारको मृत्यु भएको हो ।

विज्ञापन

दुर्घटनामा मृत्यु भएका सुनारको शलाई शुक्रबार पोष्टमार्टमका लागि जिल्ला अस्पताल जोमसोम पठाईएको प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए । प्रहरीले बसका र मोटरसाईकल चालक दुबैलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook