• होमपेज
  • कुस्माका नगरप्रमुख, मोदीका अध्यक्ष र कुस्माका वडा अध्यक्षको चाडपर्व भत्ता पनि कोरोना कोषमा
गण्डकी प्रदेश

कुस्माका नगरप्रमुख, मोदीका अध्यक्ष र कुस्माका वडा अध्यक्षको चाडपर्व भत्ता पनि कोरोना कोषमा

पर्वत /पर्वतमा स्थानिय तहका जनप्रतिनिधीले चाडपर्व भत्ता बिपद् कोषमा जम्मा गर्ने क्रम बढेको छ । कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेल र कुस्मा नगरपालिकाका वडाअध्यक्षहरु शिबप्रसाद पौडेल, देबेन्द्र सुबेदीले बिपद् कोषमा रकम जम्मा गर्नुभएको हो ।

कुस्माका नगरप्रमुख जोशी र वडा अध्यक्षहरु पौडेल तथा सुबेदीले नगरपालिकाकै बिपद् ब्यबस्थापन कोषमा चाडपर्व भत्ताको रकम जम्मा गर्नुभएको हो भनेगमोदी गाउँपालीकाका अध्यक्ष प्रेम पौडेललेपर्वत अस्पतालले स्थापना गरेको विपद कोषमा प्रदान गर्नुभएको छ ।

विज्ञापन

यस अघि जिल्ला समन्वय समितिका प्रमुख मनोहर बिश्वकर्मा पौडेल सहित सबै सदस्यहरुले गण्डकी प्रदेशको बिपद् ब्यबस्थापन कोषमा रकम जम्मा गर्नुभएको थियो भने कुस्मा नगरपालिका ७ का वडा अध्यक्ष सुवासचन्द्र पौडेलले पनि चाडपर्व खर्च कुस्माकै बिपद् ब्यबस्थापन कोषमा जम्मा गर्नुभएको हो ।

जनप्रतिनिधीहरुले चाडपर्व मनाउनु भन्दा पनि महामारीबाट नागरिकहरुलाई जोगाउनु ठुलो दायित्व भएको भन्दै चाडपर्व खर्च बिपद् कोषमा जम्मा गर्नुभएको हो ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook