• होमपेज
  • पर्वतमा २ जना कोरोना संक्रमित थपिए
पर्वत बिशेष

पर्वतमा २ जना कोरोना संक्रमित थपिए

पर्वत/ पर्वतमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग केन्द्र पोखरामा गरिएको परिक्षणमा थप दुई जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुमा मोदी गाउाँपालिकाका २ का ५७ बर्षिय पुरुष र कुस्मामामा रहेको बैंकका कार्यरत कर्मचारी रहेका छन ।

विज्ञापन

मोदी गाउँ पालिकामा असोज २९ गते ६२ जनाको स्वाब लिएकोमा २ जना पुरुषमा संक्रमण पुष्टि भएको मोदी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रकाशचन्द्र सुबेदीले जानकारी दिनुभएको छ ।

मोदि २ पातीचौर घर भएका ५७ बर्षको पुरुष भारतबाट आइ होम क्वारेन्टाइन बस्नु भएको थियो भने कुस्मामा बैंकमा काम गर्ने भएपनि पातीचौरमा बस्ने साथीकोमा गएको बेला पातीचौरमा श्वाब दिएका ब्यक्ति छन ।

मोदीमा समुदायमा गरिएको नमुना परिक्षणमा समुदायका कसैमा पनि कोरोना नदेखिएको सुबेदीले बताउनुभयो ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook