• होमपेज
  • थप तीन हजार ७९० सङ्क्रमित, कुल एक लाख ३६ हजार ३६
Breaking News

थप तीन हजार ७९० सङ्क्रमित, कुल एक लाख ३६ हजार ३६

काठमाडौं, कात्तिक ३ गते । नेपालमा कोरोना भाइरसका तीन  हजार ७९० सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित थपिएका हुन् । साे संख्यामा सङ्क्रमित थपिएसँगै नेपालमा कुल सङ्क्रमित एक लाख ३६ हजार ३६ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

विज्ञापन

हाल ४० हजार ७७८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । उपचारका लागि हाेमसहित संस्थागत आइसोलेसनमा ती सङ्क्रमित बसेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा दुई हजार ३३५ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ९४ हजार ५०१ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुने दर विगतको तुलनामा केही दिनदेखि कम हुँदै गइरहेको छ ।

पछिल्लो २४ घण्टामा १८ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड-१९ को कारणले मृत्यु हुनेको संख्या ७५७ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook