• होमपेज
  • पर्वतका सात सडकको डिपीआर बनाउन शुरु, १०५ किमी सडक कालोपत्रे गर्ने लक्ष्य
गण्डकी प्रदेश

पर्वतका सात सडकको डिपीआर बनाउन शुरु, १०५ किमी सडक कालोपत्रे गर्ने लक्ष्य

 ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपि) कार्यक्रम मार्फत कालोपत्रे गरिने पर्वतका ७ वटा ग्रामिण सडकको बिस्तृत आयोजना प्रतिवेदन(डिपीआर)बनाउन शुरु गरिएको छ ।

ग्रामिण सडक सञ्जाल सुधार आयोजना समन्वय इकाइले पर्वतका सात सडक कालोपत्रे गर्नका लागि डिपीआर बनाउने काम थालेको हो । यी सात वटा सडकमा १ सय ५ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य छ ।

विज्ञापन

एसियाली बिकास बैंकको सहयोगमा सात वटा सडकमा १ सय ५ किलोमिटर कालोपत्रे गर्नका लागि डिपीआर बनाउन कन्सल्टेन्ट गाउँगाउँमा पुगेका छन । पर्वतका जलजला गाउँपालिकामा मिलनचोक –रातामाटा– सालिजा सडकको कुल १८ किलोमिटर , मोदी गाउँपालिकामा पातिचौर–बाजुङ्ग–क्याङ–नागी सडकको १८ किलोमिटर, रतिखोला–चित्रे–राम्जा– गोतामेथर सडकको कुल १९ किलोमिटर सडकको डिपीआर बनाउन थालिएको छ । यस्तै कुस्मा नगरपालिकाको दोबिल्ला–पकुवा–गंगटे–आर्थर सडकको कुल १५ किलोमिटर सडक तथा पैंयु गाउँपालिकाको त्रिवेणी–टकलाक–सिगरकोस सडकको १५ किलोमिटर पनि डिपीआर बनाउन थालिएको छ भने फलेबास नगरपालिकामा जैमुनिघाट–खानिगाउँ–खलडाँडाँ हुँदै कार्कीनेटा सडकको कुल १५ किलोमिटर, देवीस्थान (ओखले)–लमाए–लिमिठाना –ठानामौला–बेतनी–थापाठाना सडकको १५ किलोमिटरको डिपीआर बनाउने शुरु भएको छ ।

ग्रामिण सडक सञ्जाल सुधार आयोजनाले दिएको जानकारी अनुसार सडकको बिस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्न एक बर्ष लाग्ने अनुमान गरिएपछि कोरोनाका कारण एक बर्ष पछि सरेको छ । दातृ निकाय एसियाली बिकास बैंक संग सम्झौता भएपछि सन २०२१ देखि कालोपत्रेको काम थाल्ने योजना भएपनि डिपीआर सक्न नै लामो समय लाग्ने देखिएको छ । नेपाल सरकार र एडिबीको संयुक्त कार्यक्रम अन्र्तगत दोस्रो चरणमा पर्वतका ७ वटा सडक सहित देशभर २ हजार किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखिएको छ । आरसिआइपी कार्यक्रम मुलुकभरका १६ जिल्लामा लागु भएको छ । अहिले दोस्रो चरणको कार्यक्रमका लागि तयारी स्वरुप योजना छनौट भएको हो ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook