• होमपेज
  • अध्यक्षलाई कोरोना संक्रमण भएपछि पर्वतको जलजला गाउँपालिकाका सबै सेवा बन्द
गण्डकी प्रदेश

अध्यक्षलाई कोरोना संक्रमण भएपछि पर्वतको जलजला गाउँपालिकाका सबै सेवा बन्द

पर्वत, असोज २७ / पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण) लाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै सेवा बन्द गरिएको छ । अध्यक्ष मल्ललाई संक्रमण पुष्टि भएपछि पालिकाको कार्यालय र वडा कार्यालयका सबै सेवा बन्द गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बिज्ञप्ती प्रकाशित गर्दै कन्ट्रयाक्ट ट्रेङको रिजल्ट नआए सम्मका लागि बन्द गरिएको जानकारी दिनुभएको छ । बिज्ञप्तीमा पालिकाका जनप्रतिनिधी, कर्मचारी, तथा सम्पर्कमा आएका सबैलाई सुरक्षित रुपमा होम आइसोलेसनमा बस्न शर्माले आग्रह गर्नुभएको छ । अध्यक्ष मल्लको सम्पर्कमा रहेका परिवारका सदस्य, जनप्रतिनिधी, कर्मचारी, अन्य ब्यक्तिको परिक्षण गरिने भएको छ ।

विज्ञापन

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा अध्यक्ष मल्ललाई संक्रमण पुष्टि भएको हो । अध्यक्ष मल्लको पोखराको चरक अस्तपालमा रहेको आइसोलेनसनमा उपचार भैरहेको छ । स्वास्थ्य अबस्थामा सामान्य रहेको बताइएको छ । नेपाली कांग्रेस पर्वतका कोषाध्यक्ष समेत रहेका मल्लमा कोरोना पुष्टि भएपछि नेपाली कांग्रेसले पर्वतले बिज्ञप्ती प्रकाशित गरेर स्वास्थ्यलाभको कामना गरेको छ । जिल्ला सभापति खिमप्रसाद भुसालले कोरोना नियन्त्रणमा अहोरात्र खटिरहेको बेला संक्रमण पुष्टि भएको भन्दै स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook