• होमपेज
  • पर्वतमा नहरले बगाउँदा बालिकाको मृत्यु
पर्वत बिशेष

पर्वतमा नहरले बगाउँदा बालिकाको मृत्यु

पर्वत । पर्वतको फलेवास नगरपालिकामा नहरले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । बोडिङ हिँडेको समयमा खुट्टा धुने क्रममा नहरले बगाउँदा फलेवास नगरपालिका –६ देविस्थान स्थित चन्दनीकी आठ बर्षिया श्रीसा रानाको मृत्यु भएको हो ।

विहान ११ बजे बोडिङ हिँडेकी बालिकाले स्थानीय साताकुरियामा नहरमा खुट्टा धुँदा चिप्लिएर नहरमा खसेकी थिईन । बालिकालाई नहरले बगाउँदा सँगै रहेका भाईले स्थानीयलाई खवर गरेर थिए । बालिकालाई नहरले बगाए ५ मिटर तल पु¥याएको र स्थानीयले तत्काल उद्धार गरी धुलिखेलस स्वास्थ्य केन्द्र खानीगाउँमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

विज्ञापन

बालिकाले स्थानीय फलेबास मोडस इग्लिस बोडिङ स्कुलमा कक्षा २ मा अध्ययनरत थिईन ।अनुसन्धानका लागि प्रहरी टोली घटनास्थमा पुगको छ । जिल्लाकै सबैभन्दा ठुलो र लामो मानिएको फलेवास नहरले बगाउँदा गतबर्ष एक बृद्धको समेत मृत्यु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook