• होमपेज
  • राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी घोषणा
Breaking News

राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी घोषणा

बुटवल, असोज २० । प्रदेश ५ को स्थायी राजधानी दाङ जिल्लाको देउखुरी उपत्यकाको भालुवाङ घोषणा भएको छ ।प्रदेश नं. ५ प्रदेश सभाको आजको वैठकमा भएको मत विभाजनका आधारमा सरकारको प्रस्ताव पारित भएको हो । यस्तै नाम लुम्बिनी राख्ने प्रस्ताव पनि पारित भएकाे छ ।
सरकारले दाङ जिल्लाको भालुवाङ क्षेत्रमा प्रदेशका स्थायी राजधानी कायम गरियोस भनी गत शुक्रवार प्रदेश सभामा प्रस्ताव गरेको थियो ।
प्रदेश सरकारको प्रस्तावमा आज मतदान हुँदा प्रस्तावका पक्षमा ६९ मत परेको छ । दुईतिहाईका लागि ५८ मत आवश्यक पर्छ । त्यस्तै नाममा ७८ मत पक्षमा र ४ मत विपक्षमा परेकाे छ
सभामुख पूर्णवहादुर घर्तीले दुईतिहाई बहुमतले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्याको भालबाङ क्षेत्र घोषणा गर्नुभयो । राजधानी देउखुरीकाे प्रस्तावको पक्षमा ६९ र विपक्षमा जम्मा १३ मत खसेको थियो भने ५ सांसद अनुपस्थित हुनुभयो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook