• होमपेज
  • नेकपा बैठक : १० दिनमा ठोस प्रस्ताव ल्याउन अध्यक्षद्वय र महासचिवलाई जिम्मा
Breaking News

नेकपा बैठक : १० दिनमा ठोस प्रस्ताव ल्याउन अध्यक्षद्वय र महासचिवलाई जिम्मा

संवैधानिक निकायमा पदपूर्ति गर्न सरकारलाई आग्रह

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टीको सांगठनिक एकताको ठोस प्रस्ताव १० दिनमा ल्याउने जिम्मा दुई अध्यक्ष र महासचिवलाई दिएको छ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै महासचिव विष्णु पौडेललाई सांगठनिक एकताको ठोस प्रस्ताव ल्याउनका निम्ति १० दिनको म्याद दिएको हो।

विज्ञापन

‘संगठनिक एकीकरणका बाँकी काम पूरा गर्न गर्ने सन्दर्भमा १० दिनभित्र अध्यक्ष र महासचिवले ठोस प्रस्ताव सचिवालयमा प्रस्तुत गर्ने निर्णय भएको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘त्यसका आधारमा सांगठनिक एकीकरणको विषयमा टुंगो सचिवालयले लगाउने छ।’

बैठकले संवैधानिक निकायको नियुक्तिका बारेमा तत्काल निर्णय गर्न आग्रह गरेको छ। ‘संवैधानिक परिषदले बैठक गरेर निर्णय लिनुपर्ने कुरामा आवश्यक निर्णय लिन पहल गर्न बैठकले आग्रह गरेको छ’, प्रवक्ता श्रेष्ठले भने।

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई संवैधानिक परिषदको बैठकलाई सुचारु गर्न र पदपूर्ति सम्बन्धी निर्णय लिन सबैलाई अनुरोध गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ।

आइतबार पेरिसडाँडामा भएको सचिवालय बैठकमा प्रस्तुत भएको कार्यसूचीमित्र रहेर दुई दिनभित्रै अर्कौ बैठक बस्नेछ। सचिवालयले स्थायी समिति बैठकको निर्णय कार्यान्वयनका सन्दर्भमा सकारात्मक छलफल गरेको प्रवक्ता श्रेष्ठले बताए।

‘पार्टी एकता र विश्वासलाई सुदृढ गर्ने, पार्टी र सरकारको सम्बन्ध मजबुत बनाउने, सरकारको विश्वसनीयता अझ बढाउने विश्वास व्यक्त गर्दै बैठक समापन भएको छ’, प्रवक्ता श्रेष्ठले भने।

मंगलबारको सचिवालयले मन्त्री फेरबदलको विषयमा ठोस निर्णय लिने बताइएको थियो। प्रवक्ता श्रेष्ठले भने बैठकमा क्याबिनेटको विषयमा छलफल नभएको प्रष्ट पारे।

‘क्याबिनेटको बारेमा अस्ति भएको छलफलबाहेक अरु छलफल भएको छैन’, प्रवक्ता श्रेष्ठले भने। 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook